काठमाण्डौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा पार्टीलाई सुधार गरि अघि बढाउनुको विकल्प नभएको बताए । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पार्टी नेतृत्वको गलत निर्णयका कारण कांग्रेसप्रति जनताको निराशा बढेको भन्दै पार्टीलाई सुधार गरि अघि बढाउनुको विकल्प नभएको बताएका हुन् ।
उनले तल्लो तहमा गएर आवश्यक सुधार लिई त्यसका आधारमा पार्टी सुधारको अभियानलाई अघि बढाउनु पर्नेमा जोड दिए । अहिले कांग्रेस पहिलो पार्टी भएपनि कार्यकर्ता तहमा निराशा चूलिएको थापाको भनाइ छ । उनले चूनाव अघिको गठबन्धनले नै पार्टीप्रतिको विश्वासमा संकट देखापरेको अवस्थामा आगामी चूनावमा सारा दलबीच गठबन्धन भएपनि कांग्रेस एक्लै चूनाव लड्छ भन्ने आश्वस्त पार्नुपर्ने जिकिर गरे ।
उनले नेतृत्वले ठिक ढंगले काम गर्न नसक्दा कार्यकर्ताहरुले पनि सहि तवरले काम गर्न नसकेको यथार्थलाई अन्त्य गर्नुपर्ने बताए ।