Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मुलुक संघियतामा गएतापनि बनेनन् अझै अपांगमैत्री संरचना


२२, मंसिर २०८०
  • 187
    SHARES
  • मुलुक संघियतामा  गएतापनि बनेनन् अझै अपांगमैत्री संरचना

    बुटवल । मुलुकमा संघीयता लागू भएपनि सो अनुसार स्थानीय सरकार र त्यहाँका भौतिक संरचनाहरु अपाङ्गमैत्री बन्न नसकेको गुनासो गरेका छन् । नेत्रहिन युवा संघ रुपन्देहीले माईराईट्ससँगको सहकार्यमा विगत १ वर्षदेखि गरेका कार्यक्रम र स्थानीय सरकारसम्म पुग्दा पूर्ण रुपमा अपाङ्ग मैत्री भौतिक संरचनाहरुसँगै नीति निर्माणमा कमजोरीहरु देखिएको निष्कर्शमा पुगेको हो ।

    नयाँ बनेका भौतिक संरचनाहरुलाई अपाङ्गमैत्री दाबी गरिएको भएपनि त्यो प्रयाप्त नभएको संघका अध्यक्ष जीवन पोख्रेलले गुनासो गरे । रुपन्देहीका केही पालीकाहरुमा अपाङ्ग तथा दृष्टिविहिनहरुको सहजीकरणका लागि फोकल प्रशन नै राखेर असल अभ्यास गरेको भेटिए पनि सो अनुसारको भौतिक संरचनाहरु भने नभेटिएको बताए ।

    यसैगरी अपाङ्गमैत्री भौतिक संरचना भएका पालिकाहरुमा समेत त्यसको पूर्ण कार्यान्वयन र फोकल प्रशन नहुँदा सेवा लिन समस्या हुने गरेको अनुभव सुनाए । माईराईट्ससँगको सहकार्यमा सञ्चालित परियोजना रुपन्देहीमा हालसम्म गरिएका क्रियाकलाप बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पोख्रेलले स्थानीय सरकार आएसँगै केही असल अभ्यास पनि भएको उल्लेख गरे ।

    परियोजना मार्फत दृष्टिविहिन विद्यार्थीहरुको लागि पिडीएफ अक्षर पढेर सहजताको लागि ओसीआर तालिम, संस्थागत कार्यक्षमता विकास तालिम, कानुनी साक्षरता, दृष्टिविहिन बाल क्लव गठनसहित पालिकामा अपाङ्गता भएका युवाहरुको पैरवीको लागि समेत कार्यक्रम गरिएको उनले बताए । परियोजनाले युवाहरुको क्षमता र सीप विकासमा ठूलो परिर्वतन ल्याएको बताए ।

    नेत्रहिन युवा संघ रुपन्देही २०७० सालमा स्थापना भएर २०७२ सालमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता भएको थियो । अपाङ्गता भएका युवाहरुलाई क्षमता बिकास र सीपसँगै रोजगारीमा जोड्ने प्रयास गरिरहेको अध्यक्ष पोख्रेलले बताए ।

    संघले सङ्घीय संसद्मा पेश भएको विद्यालय शिक्षा विधेयकमा उल्लेखित विभिन्न प्रावधानहरूमा आवश्यक सुधार तथा परिमार्जन गर्दै अपाङ्गता भएका व्यक्तिमैत्री बनाउनको लागि पैरवी गर्दै आएको संघका कार्मचारी लक्ष्मी पाण्डेले जानकारी दिए ।

    नेपाल सरकारले आत्मसाथ गरेको समावेशी शिक्षाको मर्म र मान्यतालाई अङ्गिकार गर्दै पहुँचयुक्त र समावेशी शैक्षिक प्रणाली विकास र प्रवर्द्धनको लागि तनै तहको सरकार तथा सरोकारवाला निकायहरुसँग आवश्यक पैरवी र सहकार्य गरेको उहाले बताए ।

    संघका सदस्य टिकाराम घिमिरेले विद्यालय तथा उच्च शिक्षामा दृष्टीसम्बन्धी अपाङ्गता भएका बालबालिका एवं विद्यार्थीहरूलगायत सबै किसिमका अपाङ्गता भएका विद्यार्थीहरूको पहुँचको लागि छात्रवृत्ती एवं पहुँचयुक्त शैक्षिक सामाग्रीको सुनिश्चितता माग गरे।

    यसैगरी पहुँचयुक्त र समावेशी सिकाई वातावरण, पहुँचयुक्त सुचना, सञ्चार तथा शैक्षिक सामग्री विकास र प्रवर्द्धनको लागि गम्भिर छलफल गर्न आवश्यक रहेको बताए ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend