Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेतृत्व नसच्चिए सम्म सुशासन कायम हुन सक्दैन ।


२४, वैशाख २०८०
  • 109
    SHARES
  • नेतृत्व नसच्चिए सम्म सुशासन कायम हुन सक्दैन ।


    हामीले ल्याएको संघीय व्यवस्था छ यो अधिकार केन्द्रीकृत गर्ने कुरा संघीय सरकारमा मात्र केन्द्रित नभएर प्रदेश र स्थानीय तहमा पनि सरकारकै रूपमा काम गर्ने उद्देश्यका साथ हामीले संघीय अवधारणा ल्याएका हौ । यस अनुसारको संघीयता यसैमा आधारित छ । संघीयताको सबल पक्ष भनेको सुशासन हो । 


    सुशासन राम्रो हुन सकेन भने संघीयताको मर्म र भावना पुरा हुन सक्दैन । त्यसको निम्ति सबैलाई अधिकार सम्पन्न गराएर मुलुकलाई समृद्धिको बाटोमा सहभागीका लागि त्यही ढङ्गको प्रस्तुति हुनु पर्नेछ । अहिले हामीमा के समस्या रहेको छ भने, जुन खालको संस्कार हो राणाकाल र  पञ्चायतदेखि बहुदलसम्म आइपुग्दा हामीले व्यवस्था परिवर्तन ग¥यौ तर यो अवस्थालाई परिवर्तन गर्न सकेका छैनौ,त्यसका लागी सबै पक्ष सचेत र जागरुक हुन जरुरी छ । 


    अहिले पनि हामीले गणतन्त्र, लोकतन्त्र, संघीयता ल्याइसकेपछि हामीले चाहे अनुसार हुन सकेको छैन । यसमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । अव हामीलाई काम गर्न पाएनौ, सकेनौ भन्ने छुट जनताले दिने छैनन् । त्यसकारण हामी सत्तामा बसेका मान्छेहरू प्रमुख रूपमा मुुलुकको सुशासन र  समृद्धिका निम्ति लाग्नुपर्ने आवश्यक छ  । 


    अहिलेको आवश्यकता कुनै पनि अधिकार प्राप्तीका निम्ति क्रान्ति गर्नुपर्ने छैन । यो पुरा गर्नका निम्ति अब आर्थिक क्रान्ति गर्नुपर्ने देखिन्छ । मुलुकको अबको क्रान्ति भनेको आर्थिक क्रान्ति नै हो । त्यस कारण सुशासन मुलुकको समृद्धिका निम्ति मुख्य कुरा हो । यसलाई कार्यान्वयन गर्नुपर्ने अहिलेको आवश्यकता हो ।


    मुलुकलाई हाँक्ने भनेको राजनीतिक नेतृत्वले हो । अरू खालका कामको व्यवस्थापन कर्मचारीले गर्ने हो । राजनीतिक क्षेत्रबाट सम्पूर्ण कुराहरू सञ्चालन हुन्छ भन्ने हुँदैन यसमा खास गरी कर्मचारीतन्त्रदेखि नागरिक सबै व्यक्तिको भूमिका हुन्छ । सुशासन कायम हुनका लागि मुख्य कुरा भनेको भ्रष्ट्राचारमुक्त हुनु हो । मुलुकको अवस्थाको योजना बनाउनु हो । देशमा आयश्रोत बढाउनका लागि के–के सम्भावनाहरू छन्, त्यसको खोजी गर्ने हो । राज्यसत्तामा बस्ने र नागरिकको सम्बन्ध राम्रो हुनुपर्छ । नेतृत्व नसच्चिए सम्म मुलुकमा सुशासन कायम हुन सक्दैन । अहिलेको प्रचलन आफु चोखिएर कसैलाई दोष थुपारेर आफू उम्किन कोसिस गरेको बढी देखिन्छ,यो चाही हुनुभएन ।


    नेतृत्व छनौट गर्दा हामीले कस्ता मान्छेलाई ल्याउनुपर्छ भन्ने हामीले सोच्नुपर्छ यदि समयमा नै सोचिएन भने सोचे अनुसारको मुलुक बन्छ न त सुशासन कायम राख्न सकिन्छ । हामीले भ्रष्ट्राचार निवारण गर्न सक्दैनौ निरन्तर रूपमा सुशासनका कामहरू अगाडि बढ्दै गएमा मात्र भ्रष्ट्राचार कम गर्न सकिएला ।
             

                                                             सोमप्रसाद पाण्डे, पूर्व मन्त्री तथा नेता नेकपा एस 

     

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend