Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सहकार्य गरौं, देशभर नागरिक तहमा पुगौंः शिवाकोटी


१८, जेठ २०८०
  • 187
    SHARES
  • सहकार्य गरौं, देशभर नागरिक तहमा पुगौंः शिवाकोटी

    काठमाण्डौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले अब संयुक्त सहकार्य गरेर अगाडि नगएसम्म देशभरका नागरिक तहमा पुग्न नसकिने बताएका छन् । ट्रेड युनियन काँग्रेस अन्तर्गतको युनिप्रेसले राजधानीमा आयोजना गरेको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ नामक विचार गोष्ठीमा बोल्दै केन्द्रीय सदस्य शिवाकोटीले ट्रेड युनियनका पदाधिकारीहरुलाई संयुक्त सहकार्य गरेर जनताका घरघरमा पुग्न आग्रह गरेका हुन् । 

    उनले देशहितका लागि महामन्त्री गगनकुमार थापाले पदलाई दाउमा राखेर भए पनि अगाडि बढ्ने उद्घोष गरिरहँदा आफूहरु सबैले देश बनाउनका लागि कांग्रेसभित्र रुपान्तरण जरुरी रहेको बताए । उनले पार्टीमा वेथितिले चरमसीमा नाघेको संकेत गर्दै नेता कार्यकर्ता र समर्थकको भावना विपरीत चुनावपूर्व गठबन्धन गरेर केही सीमित व्यक्तिले पटक पटक लाभ लिएको र अरु हेरेको हेर्यै भएको चर्चा गर्दै यो गलत प्रवृत्तिविरुद्ध लड्नु पर्ने बताए । 

    शिवाकोटीले २०८४ सालको चुनावअघि पार्टीमा धेरै उथलपुथल गर्नुपर्ने भन्दै के हामी यसमा तयार छौँ ? भन्दै उपस्थित समुदायलाई प्रश्न गरेका थिए । पार्टी नेतृत्व विधि र विधान विपरीत चलेको, सरकारमा रहेकाहरु जनभावना विपरीत चलेको भन्दै उनले आक्रोश पोखे । त्यस्तै टीकापुर हत्याकाण्डमा नेतृत्व गम्भीर बन्न नसकेको, भष्टाचारमा शून्य सदनशीलता अपनाउन नसकेको, नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीको स्पष्ट धारणा नआएको भन्दै दुःख व्यक्त गरे । 

    उनले सांसदको भनाई रेकर्डबाट हटाउन लाग्नु ठूलो भुल भएको भन्दै उनले राजाको ठाउँमा अनेक राजा भन्ने भाष्य स्थापित गराउन तीन दलका नेताहरु आफैँ लागेको उल्लेख गरे ।  

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend