Logo

Nov 16 2026 | २०८३, मंसिर १गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड


२४, मंसिर २०८०
  • 167
    SHARES
  • देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड

    काठमाडौँ। नागरिक समाजका प्रतिनिधिले भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन दिन माग गरेका छन् । मानव अधिकार तथा शान्ति समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा पछिल्लो समय एनसेल घोटाला, राजतन्त्र पुनःस्थापना र लोकतन्त्र विरोधी आन्दोलनले जनता निराश भएका उनीहरूको ठहर छ ।

    पूर्वप्रधानन्यायाधीस सुशीला कार्कीले नागरिकलाई आर्थिकरूपमा बलियो बनाउन राज्यले सोच्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहले विकासको नाममा जनताबाट चन्दारअनुदानलगायत  नाममा  जनताकै पैसा लुट्ने गरेको आरोप लगाउनुभयो । 

    आयोजक संस्थाका सस्थापक सभापति कृष्ण पहाडीले भ्रष्टाचार अन्त्यका लागि नागरिक आन्दोलन आवश्यक रहेको बताउनुभयो । उहाँले सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता संरक्षणका लागि सबै जनता एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    सोही संस्थाका सभापति रामकृष्ण बरालले प्रशासन तथा कर्मचारीतन्त्रमा व्याप्त भ्रष्टाचारका कारण नागरिकमा निराशा छाएको जिकिर गर्नुभयो । प्राध्यापक लोकराज बरालले सरकारको नेतृत्व गर्ने दल संविधानप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो । देशमा भइरहेको अराजकता अन्त्यका लागि नागरिक समाजका अभियान्ताले सडकबाट दबाब सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

  • सत्ता बदलिन्छ, प्रहरीको निष्ठा बदलिँदैन : कार्की प्रकरणले उठायो सुशासनमाथि प्रश्न

    राजनीतिक आदेशभन्दा माथि कानुन हुनुपर्ने प्रहरी संगठनमा नेतृत्व परिवर्तनको विवाद; प्रहरीको व्यावसायिक स्वतन्त्रता, सरकारको जवाफदेहिता

  • आईजीपीबाट हटाइएका कार्कीबारे सरकारको स्पष्टीकरण : ‘कारबाही होइन, जिम्मेवारी हेरफेर मात्रै’

    काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको

  • अभियुक्तको बयान सार्वजनिक हुनु गम्भीर विषय हो, चुहावटको पनि छानबिन होस् : साम्सद पन्थी

    काठमाडौं । हिरासतमा रहेका अभियुक्त इनम सापकोटाको बयान सार्वजनिक भएपछि अनुसन्धानको निष्पक्षता, प्रमाणको सुरक्षा र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend