काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले जनताको बाहेक कसैको आवाज नसुन्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। उनले बिहीबार सामाजिक सञ्जालमार्फत आफूहरुलाई जनताले ठूलो भरोसा गरेर संसद्मा पठाएको भन्दै मुलुकको हितबाहेक कसैको हितलाई ध्यान दिनु नपर्ने बताएका हुन्।
‘प्रिय रास्वपा परिवारका साथीहरू, म पूर्वनिर्धारित, पुर्णतः गैर राजनीतिक र नितान्त निजी कामले मुम्बईमा छु। नेपाली जनताले ठूलो आशा भरोसा बोकेर हामीलाई संसदमा पठाएका हुन्। यो हाम्रो जागिर होइन, विद्रोह हो। हामीले जनताको बाहेक कसैको आवज सुन्नु पर्दैन। मुलुकको हितबाहेक हामीले कसैको हितलाई ध्यान दिनु पर्दैन,’ उनले भनेका छन्।
उनले पार्टीका नेता कार्यकर्तालाई ‘हामी किन राजनीतिमा आयौँ, हामीलाई नेपाली जनताले किन भोट दिए र ०८४ सालमा जनता हामीलाई कहाँ हेर्न चाहन्छन्’ भन्ने तीन कुरा नबिर्सन आग्रह गरेका छन्।
उनले यस्तो लेखेका छन् स्टाटसः
प्रिय रास्वपा परिवारका साथीहरू, म पुर्वनिर्धारित, पुर्णतः गैर राजनीतिक र नितान्त निजी कामले मुम्बईमा छु। नेपाली जनताले ठुलो आशा भरोसा बोकेर हामीलाई संसदमा पठाएका हुन्। यो हाम्रो जागिर होइन, बिद्रोह हो। हामीले जनताको बाहेक कसैको आवज सुन्नु पर्दैन। मुलुकको हित बाहेक हामीले कसैको हितलाई ध्यान दिनु पर्दैन। ३ वटा कुरा नबिर्सौं।
१० हामी किन राजनीतिमा आयौं।
२० हामीलाई नेपाली जनताले किन भोट दिए।
३० ८४ सालमा जनता हामीलाई कहाँ हेर्न चाहन्छन् ।
शान्त विद्रोहका चरणवद्द कार्यक्रमहरु शुरु गर्नु होला तर जनताले रतिभर दुख नपाउन्। आइतबार पछि म जोडिने नै छु।
योग्य हुदा हुदैपनि अनागरिक हुन वाध्य पारिएका कयौं पीडित नेपालीहरुले आफ्नो नागरिकताको अधिकार प्राप्त गर्नु पर्छ भन्ने कुरामा हाम्रो कहिल्यै, कहिँ बिमती थिएन, छैन। र हामी नेपाली महिलाहरुलाई ूपतिको पहिचान नखुलेकोू लेख्नु पर्ने अपमानजनक प्रावधानको विपक्षमा छौं। आम शुभेच्छुकहरुले हाम्रो विज्ञप्ति राम्ररी, पुरै पढ्ने प्रयास गरिदिनु होला।