Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आज स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस


२६, मंसिर २०८०
  • 240
    SHARES
  • आज स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस

    काठमाडौँ । स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १२ का दिन यो दिवस मनाइन्छ । यस वर्ष ‘सबैको स्वास्थ्यका लागि आजैदेखि जुटौँ’ भन्ने नारा रहेको छ ।

    सो नारा दिगो विकास एजेण्डा, २०३० अन्तर्गत गरिएको ‘कसैलाई पछि नछाडौँ’ भन्ने मूल नारामा आधारित छ । दिगो विकास एजेण्डाले स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा स्वीकार गरेको छ । दिगो विकास परिलक्ष्यले कुनै आर्थिक कठिनाइबिना सबैले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पाएको सुनिश्चित गर्न स्वास्थ्यमा सर्वव्यापी पहुँच हुनुपर्ने कुरामा जोड दिन्छ । नेपालले दिगो विकास लक्ष्य प्राप्तिका लागि अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धताअनुसार नै स्वास्थ्यमा सर्वव्यापी पहुँच पुर्याउने लक्ष्य लिएको छ ।

    स्वास्थ्य सेवा विभाग ,उपचारात्मक सेवा महाशाखाअन्तर्गतको आधारभूत स्वास्थ्य व्यवस्थापन शाखा प्रमुख डा. पोमावति थापाले दिवसका अवसरमा स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि अहिलेसम्मको प्रगति समीक्षा, आगामी योजना र जनतामा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

    “स्वास्थ्यमा सर्वव्यापी पहुँच भन्नाले सबै मानिसको आफूले चाहेको बेला, चाहेको ठाउँमा कुनै आर्थिक कठिनाइबिना आफूलाई चाहिएका सबै प्रकारका गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच हुनु भन्ने हो”, उहाँ भन्नुहुन्छ । यसले जीवनको चरणबद्ध पद्धतिमा आधारित भई प्रवर्द्धनात्मक, निवारणात्मक, उपचारात्मकदेखि प्रशामक सेवासम्मका अत्यावश्यक स्वास्थ्य सेवाको पूर्ण निरन्तरता दिनुपर्ने कुरालाई समेट्छ ।

    “आधारभूत स्वास्थ्य सेवाका लागि प्रत्येक व्यक्तिको पहुँचमा पुर्याउनका लागि प्रत्येक वडामा स्वास्थ्यचौकीदेखि प्रत्येक पालिकामा अस्पतालको व्यवस्था छ”, सर्वव्यापी पहुँचका लागि सरकारको प्रयासबारे उहाँ भन्नुहुन्छ, “सरकारले विशेषज्ञ सेवालाई स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षाबाट जस्तै गरिब, विपन्न, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, हिंसापीडित, द्वन्द्वपीडित, दीर्घरोगका बिरामीलाई सहुलियत, निःशुल्क डायलायसिस, विद्यालय नर्सलगायतका थुप्रै कार्यक्रमले स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि हो ।” 

    यसका लागि दुर्गम क्षेत्रमा बसोबास गर्ने, लाभका अवसरबाट पछि परेका र सङ्कटासन्न अवस्थामा रहेका विभिन्न समूहको हकमा स्वास्थ्य सेवा पहुँचमा असमानता रहनु मुख्य चुनौती रहेको स्वास्थ्यकर्मीहरू बताउनुहुन्छ ।
     
    शाखा डा थापा भन्नुहुन्छ, “स्वास्थ्य सेवा लिँदा आफ्नो गोजीको खर्चमा मात्र भर पर्नुपरेको छ । नेपाल दक्षिण एसियाकै महँगो उपचार सेवा हुनेमध्येको एक देश हो, जुन हाम्रा लागि चुनौती हो ।”

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend