कपिलवस्तु । प्रहरीले दमकलका कर्मचारी माथि हातपात गरी भौतिक क्षति पु¥याएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका– ८,मैनिहवा गाँउमा आगो नियन्त्रण गर्न गएका सवारी चालक घनश्याम कुर्मी,फायरम्यान पल्टु यादव र नगर प्रहरी रामकृष्ण यादवलाई हातपात गर्नुका साथै दमकल माथि भौतिक क्षति पुर्याउने गरी आक्रमण गरेका तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले बताए ।
पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–८ दोहनी बस्ने २५ बर्षका अम्मर चौधरी भन्ने राजेश कुर्मी, ३२ बर्षका राम प्रसाद कुर्मी ३८ बर्षक शिव पुजारी कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ । दमकलमा पानी सिद्दिएकोले पानी भर्न जाने क्रममा दमकललाई अवरोध गरी कर्मचारीलाई हातपात गरेको प्रहरीले जनाएको छ ।
उनीलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।