Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बालक्यान्सर सम्बन्धी ६ प्रकारका रोगमा ३५ प्रकारका औषधि निःशुल्क


१९, जेठ २०८०
  • 232
    SHARES
  • बालक्यान्सर सम्बन्धी ६ प्रकारका रोगमा  ३५ प्रकारका औषधि निःशुल्क

    काठमाडौं। विश्व स्वास्थ्य संगठनको ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर जीआईसीसी सँगको सम्झौतापछि अमेरिकाको सेन्ट ज्युड चिल्ड्रेन्स रिसर्च हस्पिटलको सहयोगमा सरकारले विभिन्न ६ प्रकारका बालक्यान्सर सम्बन्धी रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रयोग हुने ३५ प्रकारका औषधिलाई निःशुल्क रूपमा उपलब्ध गराउने तयारी गरेको छ 

    सो सम्बन्धी सम्झौता गत १४ अप्रिलमा अमेरिकाको सेन्ट ज्युड चिल्ड्रेन्स रिसर्च अस्पतालमा भएको थियो । पहिलो चरणमा जीआईसीसीले सन् २०२४ को जुनसम्मका लागि नेपाललाई निःशुल्क ती औषधि उपलब्ध गराउनेछ । जीआईसीसीसँगको सम्झौता कार्यक्रममा नेपालकातर्फबाट स्वास्थ्य मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं सहितको १० जनाको टोली सहभागी भएको थियो ।

    सम्झौता कार्यक्रममा सहभागी स्वास्थ्य मन्त्रालय अन्तर्गतको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले सम्झौता अनुसार प्राप्त हुने ती औषधि नेपाल ल्याउने विषयमा औषधि व्यवस्थापन विभागसँग आवश्यक प्रक्रियाका लागि छलफल अघि बढाइएको जानकारी दिए ।औषधि विभागमा दर्ता नभएका कारण विभागले आकस्मिक प्रयोजनका लागि ल्याउन स्वीकृति दिनुपर्नेछ ।

    कान्ति बाल अस्पतालका निर्देशक युवानिधि बसौलाका अनुसार सम्झौतामा उल्लेख भएका औषधि रक्त क्यान्सरका विभिन्न प्रकार सहित, आँखामा हुने रेटिनोब्लास्टोमा, मस्तिष्क सम्बन्धी न्युरोब्लास्टोमा क्यान्सरको केमोथेरापीमा प्रयोगमा आउनेछ । ती औषधि नेपाल ल्याउने जिम्मा युनिसेफले पाएको छ भने आगामी सेप्टेम्बरदेखि बिरामीमा प्रयोग गर्ने तयारी छ । बसौला समेत सम्झौता सम्बन्धी कार्यक्रममा सहभागी थिए ।

    स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा ती औषधि कान्ति बाल अस्पताल, भरतपुर क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबाट निःशुल्क रूपमा प्रदान गर्नेगरी तयारी गरेको हो ।

    नेपालमा बर्सेनि १ हजारदेखि १ हजार ५ सय जना बालबालिकालाई क्यान्सर हुने गरेको बताइन्छ । तीमध्ये झन्डै ५ सयमा मात्रै पहिचान हुने गरेको छ । पहिचान हुने बिरामीमध्ये धेरैजसो कान्ति बाल अस्पतालमा आइपुग्ने गरेका छन् ।

    कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा। सुधीर सापकोटाले अस्पतालमा बर्सेनि ३ सय जना बाल क्यान्सरका नयाँ बिरामी थपिने गरेको तथ्यांक देखिएको जानकारी दिए । उनका अनुसार उपचारमा आएकामध्ये पनि २५ देखि ३० प्रतिशत बालबालिकालाई अभिभावकले उपचार पूरा नगराइ बिचैमा छाड्ने गरेका छन् । 

    क्यान्सरको उपचारमा निरन्तरता दिने बालबालिकाको निको हुने दर भने ७० प्रतिशत छ । तर, उपचार गराउँदै जाँदा आर्थिक कारणले बिचमै उपचार छाड्ने समेत छन् । डा सापकोटाका अनुसार ती ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध हुँदा उपचारलाई निरन्तरता दिने बिरामीको संख्या बढ्ने अपेक्षा छ ।

    सरकारले सबै प्रकारका क्यान्सरमा प्रतिव्यक्ति १ लाख रुपैयाँसम्म उपचार खर्च छुट दिँदै आएको छ । यसबाहेक प्रदेश सरकारले ५० हजारदेखि २ लाख सम्म थप राहत दिँदै आएका छन् । सो रकम क्यान्सरका बिरामीको उपचारका लागि पर्याप्त नहुने चिकित्सक तथा बिरामीका आफन्त नै बताउँछन् । 

     

  • अनसनको तेस्रो दिन इन्टर्न चिकित्सक हरिजनको स्वास्थ्य बिग्रियो, वीर अस्पताल भर्ना

    काठमाडौँ । चिकित्सा शिक्षा आयोगको कार्यालय अगाडि आमरण अनसनमा बसेका एमबीबीएस इन्टर्न चिकित्सक डिल्ली हरिजनको

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend