Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लौकाको जुस पिउनू स्वास्थयकाे लागी फाइदाजनक


१९, जेठ २०८०
  • 290
    SHARES
  • लौकाको जुस पिउनू  स्वास्थयकाे लागी फाइदाजनक

    काठमाडौं। लौका मानव स्वास्थ्यलाई निकै फाईदाजनक छ। जुस खानु स्वास्थ्यको लागि राम्रो पक्ष हो । जुस भन्दा पनि सिङ्गो फलफूल खानु अझ राम्रो हो । सबै जुस एकनासको हुँदैन । लौकाको जुसमा चिनीको मात्रा हुँदैन र त्यसमा फाइबर धेरै मात्रामा हुन्छ । लौका एक औषधि पनि हो ।

    लौकाको जुसमा भिटामिन ‘सी’ बढी पाइने हुनाले यसलाई खाने गरिन्छ । लौकाको जुसमा ९२ प्रतिशत पानी, भिटामिन ‘के’, क्याल्सियम र अन्य धेरै मिनरलहरु पाइन्छ ।

     लौकाको जुस पिउनुका फाइदाहरुः

    लौकाको जुसले मुटुलाई स्वस्थ बनाउछ । लौकाको जुस नियमित प्रयोग गर्नाले कोलेस्टोर कम हुन्छ र उच्च रक्तचापलाई नियन्त्रण गर्दछ । सुगर रोगको लागि पनि लौकाको जुस फाइदाजनक हुने गर्दछ । लौकाको जुसमा चिनीको मात्रा कम हुने भएकोले यो सुगरका विरामीले सजिलै यसको प्रयोग गर्न सक्छन् । लौकाको जुसमा फाइबर धेरै र क्यालोरी कम हुन्छ ।

    तौल कम गर्नको लागि पनि लौकाको जुस प्रयोग गर्ने गरेको पाइन्छ । हामीले तौल कम गर्नका लागी विभिन्न किसिमका फाइबर प्रयोग गरेका हुन्छौ । सबैभन्दा बढी फाइबर लौकामा पाइने हुनाले यसको प्रयोग बढी हुने गर्दछ ।

    लौकाको जुस ग्याष्ट्रिक, अल्सर भएको बेलामा पनि धेरै फाइदाजनक हुन्छ । लौका यस्तो चिज हो, जसले धेरै कुराहरुमा फाइदा दिएको छ । यसले शरीरभित्र रहेको ग्यासलाई नियन्त्रणमा राख्छ ।

    लौकाको जुसले गर्मीको समयमा धेरै फाइदा पुर्याउँछ । लौकाको जुस आफैंमा चिसो हुने हुनाले शरीरमा गर्मीको मात्रा कम गराई चिसो राख्न मद्धत गर्छ । गर्मीको समयमा नाकबाट रगत आउने, खाना मीठो नहुनेजस्ता समस्या कम गर्न यो लाभदायिक हुन्छ ।

    लौकाको जुसले मानसिक तनाव कम गर्नमा मद्दत गर्छ । लौकाको जुसमा कोलिन पाइन्छ । कोलिन एउटा न्युरो ट्रान्समिटर हो जसले दिमागको क्षमता बढाउछ र तनाव कम गर्छ । मानसिक समस्यालाई समेत यसले धेरै मद्दत पुर्याउँछ ।  

    गर्भाशय सम्बन्धि समस्यामा लौकाको रस निकै लाभदायक मानिन्छ। पटक पटक गर्भपतन हुने महिलाहरूले लौकाको रस तथा तरकारीका रूपमा अवश्य खान आवश्यक हुन्छ । यसले गर्भाशय मजवुत भई गर्भपतन हुने समस्याबाट छुटकारा दिलाउन मद्दत गर्छ ।

    यस बाहेक शरीरभित्रको फोहोर सफा गर्न,कब्जियत नियन्त्रण गर्न र पिसाबको इन्फेक्सनका लागि समेत लौकाको जुस लाभदायक हुने गर्दछ ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend