Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बिरामी, आफन्त तथा अस्पतालको सम्बन्ध बलियो बनाउन लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सञ्चार विभाग गठन


२८, मंसिर २०८०
  • 247
    SHARES
  • बिरामी, आफन्त तथा अस्पतालको सम्बन्ध बलियो बनाउन लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सञ्चार विभाग गठन

    बुटवल । बुटवलको ऐतिहासिक लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तरबैयक्तिक सञ्चार बिभाग उद्घाटन गरिएको छ। अस्पतालबाट सेवा लिने र लिएर फर्किनेहरुमा नकारात्मक सन्देश गएकोले बास्तविकता जानकारी गराउने उद्देशले बिभाग उद्घाटन गरिएको हो। ब्लक डि को चौथो तल्ला क्याबिनको साईडमा राखिएको बिभागको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकि नर्सिङ बिभाग प्रमुख ज्योती पौडेलले गरिन। बिभागको फोकल पर्सन क्याबिन नर्सिङ प्रमुख समेत रहेकी माधुरी ज्ञवालीलाई तोकिएको छ।

    उद्घाटन पश्चात् आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले बिरामी र अस्पताल बिच हुने द्वन्द ब्यवस्थापन गर्ने उद्देशका साथ विभाग उद्घाटन गरिएको बताए। उनले बिरामी र अस्पताल बिचको खाडल पूर्न विभागले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरे।

    उनले अहिले स्वास्थकर्मीहरु माथी हुने साघातिक हमला बढ्दै जानू निकै दुखद भएको बताउदै यस्तो अवस्था आउन नदिनको लागि विभाग प्रभावकारी हुने बताए। उनले अस्पतालका सबै कर्मचारीलाई यसको तालिम दिने बताउदै तालिम नलिने करार कर्मचारीको करार नविकरण नहुने तथा स्थायीको हकमा मुल्यांकन अन्क नबढाने चेतावनी दिए।

    कार्यक्रममा बोल्दै बरिस्ठ स्त्री रोग विशेषज्ञ डा श्रीधर आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालमा निकै राम्रा परिवर्तनहरु भईरहेको बताउदै प्रभावकारी उपचार भईरहेको बताए। उनले उद्घाटन गरिएको विभागले बिरामी तथा आफन्त र अस्पताल बिच सञ्चार हुदा धेरै सकारात्मक सन्देश जाने ब्यक्त गरे।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष विश्वास ढकालले पछिल्लो समय अस्पतालका सकारात्मक सन्देश बाहिर आईरहेको बताउदै यो परिवर्तनलाई सञ्चार क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे।

    कार्यक्रममा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत राजन केसी, नर्सिङ बिभाग प्रमुख ज्योती पौडेल, बिभाग ईन्चार्ज माधुरी ज्ञवाली लगायतले बोल्दै नविनतम काम शुरु गरेको बताउदै यसमा समिती बनाउदै सबै क्षेत्रका ब्यक्तिहरु समावेश गरिएको बताए।

    अस्पतालमा ८ सय बढी स्वास्थ्यकर्मी एव कर्मचारीहरु कार्यरत रहेका छन भने दैनिक २ हजार बिरामी उपचारका लागि आउने गरेको अस्पतालका सुचना अधिकारी डा नेत्र रानाले जानकारी दिए।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend