Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सबैले पारदर्शी रूपमा काम गरौँ- नगर प्रमुख पौडेल


१९, जेठ २०८०
  • 251
    SHARES
  • सबैले पारदर्शी रूपमा काम गरौँ-  नगर प्रमुख  पौडेल

    सुदिप पौडेल -प्रमुख, कपिलवस्तु नगरपालिका 

    सङ्घीयता आएपछि पहिलेको तुलनामा अवश्य पनि धेरै कुरामा राम्रो भएको छ । जनताले आफ्ना समस्याहरू निरन्तर रूपमा राख्ने, आफ्ना काम गराउनलाई जोसँग पनि बोल्न सक्ने आफ्नो आवाज उठाउन सक्ने वातावरण सिर्जना भएको छ ।

    सुशासनदेखि लिएर सबै कुरा हामीले कायम गर्न सक्यौ भन्ने हैन । यसमा अझै धेरै काम गर्नै बाँकी छ । हामी पनि जनप्रतिनिधिको रूपमा भर्खरै चुनाव जितेर आएका छौ । अझै राम्रोसँग नगरपालिका र त्यसको काम कर्तव्य, अधिकार विकासका धेरै कामहरू हेर्न भ्याएका छैनौ ।

    अब आउने दिनमा हामीले पनि आफ्नो  क्षेत्रबाट नगर प्रमुखको हैसियतले गर्नुपर्ने काम, कर्तव्य र अधिकारको क्षेत्रमा रहेर जनताको कामका लागि हामी अगाडी बढ्छौ । स्थानीय निकायमा साह्रै बेथिति छ, लुट छ भन्ने होइन । बाहिर आउने हल्ला जस्तो सबै पालिकामा भएको पक्कै  छैन ।

    कहिकतै कमजोरी भएमा पनी हामीले सच्याएर अगाडि बढाउनु पर्छ । काम गर्दा हामीले पारदर्शितामा जोड दिनुपर्छ । देशमा भष्ट्रचार मौलाउनु जनताले आफ्नो अधिकारको सही सदुपयोग गर्न नपाउनु भनेकै सुशासन सही ढङ्गले अगाडी नबढ्नु हो ।

    सबैले आफ्नो काम कर्तव्य बुझेर इमान्दार पुर्वक काम गर्ने हो भने मुलुकको बिकास र समृद्धि हुन धेरै समय लाग्दैन । हामी जनप्रतिनिधी भएर आएपछी जनता प्रति उत्तरदायी हुनुपर्दछ । 

  • ‘देवदह खोज्दा भेटिएको बुद्धकाल’ : इतिहास, पुरातत्व र स्मृतिको यात्रामा डा. कृष्णप्रसाद न्यौपाने

    बुद्धकालीन देवदहको इतिहास, मंगलपुष्करिणीको खोज, रोहिणी नदी, पुरातात्त्विक सम्पदा, पर्यटन सम्भावना र अनुसन्धान यात्राबारे डा.कृष्णप्रसाद

  • कांग्रेसको एकता बिना लोकतन्त्र बलियो हुन सक्दैन : गगन थापाको नेतृत्व र देउवाको अभिभावकत्व

    नेपाली कांग्रेस यतिबेला एउटा राजनीतिक दलभित्रको सामान्य आन्तरिक विवादको अवस्थामा मात्र छैन। पार्टीभित्र विकसित पछिल्ला

  • जेन्जी आन्दोलनको एक वर्ष : सरकार ढल्यो, राज्य बदलियो त?

    ७६ सहिदको बलिदानपछि पनि उही प्रश्न-सरकार परिवर्तन भयो, तर शासनशैली र राज्य संयन्त्र कति बदलियो? गोविन्द

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend