Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कपिलवस्तुका पालिकामा उजुरीका चाङ, सुशासन पालना नभएको गुनासो


१७, वैशाख २०८०
  • 149
    SHARES
  • कपिलवस्तुका पालिकामा उजुरीका चाङ, सुशासन पालना नभएको गुनासो

    कपिलवस्तु ।

    कपिलवस्तु जिल्लाका पालिकाहरुको बारेमा अख्तियारमा उजुरीका चाङ बढेको र सुशासन पालना नभएको कार्यक्रममा सहभागीहरुले बताएका छ्न् । विकास समृद्धि र सुशासनका लागि हाम्रो अभियान भन्ने उद्देश्यका साथ रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश बुटवलको आयोजना र आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालय राप्ती उपत्यका देउखुरी दाङको सहयोगमा सुशासनका लागि साक्षरता कार्यक्रम आइतबार कपिलवस्तुमा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै कपिलवस्तु नगरपालिका नगरप्रमुख सुदीप पौडेलले आफुहरुलाई  जनताका आधारभूत समस्या र कामहरु गर्न पठाएकाले जनताका अपेक्षाभन्दा बाहिर गएर काम नगर्ने बताए । उनले जनप्रतिनिधिले जनताको भावना विपरित कुनै काम गर्नु अपराध सरह भएको जिकिर गर्दै जनमैंत्री सेवा र पारदर्शीतालाई शिरोधार गरेर सुशासनलाई पालना गरेको दाबी गरे ।  

    त्यस्तै कार्यक्रममा बोल्दै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जिल्लाको दक्षिण तर्फ भारतसँग सिमा जोडिएको सिमामा ढलेका जंगेपिलरहरुलाई उठाईने बताउँदै केही स्थानमा दुई देशका निकायबिच सहकार्य गरी उक्त पिलरहरु उठाईने उल्लेख गरे । उनले ९० स्थान खुल्ला सिमा नाका र ३० वटा आउजाउ खेतिजमिन भएकाले अवैध चोरीतस्करी नियन्त्रण गर्न चुनौति थपिएको बताउदै पहिलेको तुलनाभन्दा अहिले धेरै कम भएको जनाए । वाणगंगा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले  हालसम्म पालिका चलाउन ९१ वटा कानून तर्जुमा गरेको र विभिन्न सम्झौता भएका योजनाहरुको कार्यान्वयन हुँदै गएको भन्दै आफ्नो पालिकामा कुनै बेथिति नभएको दावी गरे । तर वाणगंगामा रहेको खोला उत्खननको बारेमा प्रश्न गर्दा उनले उक्त विषयमा अख्तियारमा उजुरी परेको बताउँदै बेथिति भए नभएको बारेमा कानूनले छुट्याउने जवाफ दिए ।

    kapli.jpg0.jpg

    कार्यक्रममा सहभागीहरुले सुद्धोधन गाउँपालिकामा कर्मचारीको नाममा सम्झौता गरेर पैसा कुम्ल्याउँदै आएको गुनासो गरे भने मायादेवी गाउँपालिकामा ठेक्का लगायतका योजनामा संस्थागत भष्टचार मौलाउदै गएकोमा आक्रोश पोखे । त्यस्तै कपिलवस्तुको दक्षिण तर्फ रहेको चुरे क्षेत्रबाट चरम नदिजन्य पदार्थको दोहन बढ्दै गएकाले पानीका मुहान सुक्दै गएको गुनासो गरे । त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले नागरिकले राज्यका कुनैपनि निकायबाट न्यान नपाएमा न्याय खोज्न जाने अन्तिम विकल्प पत्रकार भएको जनाउँदै जिल्लाका पालिकामा सुशासनको परिभाषा पालना  नभएको ठोकुवा गरे । उनले जिल्लाका अधिकांस पालिकाको बारेमा बेथिति बढेकोले अख्तियारमा उजुरी परेको सुनाए ।

    आन्तरिक राजस्व कार्यालयका चिरन्जीवि बस्यालले समयमै टेण्डर नहुँदा भन्सार कार्यालयमा लामो समयदेखि थन्किएका सवारीहरुलाई टेण्डर नगर्दा राज्यले राजस्व गुमाएको जनाए ।  पत्रकार चन्द्रकान्त न्यौपानेले सेवाप्रवाहमा सुशासन नभएको ठोकुवा गर्दै जनतामूखी सेवा अझै नभएको र जनताको असन्तुष्टि कायम रहेको बताए । कपिलवस्तु जिल्ला अस्पतालका डा। किशोर बन्जाडेले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन आफुले अस्पतालमा जनमैत्री रुपमा सेवालाई ध्यानमा राखेर खटिरहेको बताउदै बजेट अभावले सोचेजस्तो सेवा दिन नसकेको गुनासो पोखे । भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख रिसिराम पौडेलले सबैभन्दा धेरै काम गर्ने निकाय मालपोत कार्यालयमा बजेट नभएकाले स्थानीय तहसँग सहयोग मागेर कार्यालय चलाउनु परेको दुखेसो पोखे ।

    जिल्ला समन्वय समिति सदस्य सुमित्रा परियारले पालिकाहरुले आफ्ना कामकर्तव्य गर्दै आएको तर उनिहरुले गरेको कामको मुल्यांकन गर्न भौतिक रुपमा अनुगमन गर्नुपर्ने आवश्यक्ता भएको  औल्याउदै पालिकाहरुको कामप्रति गुनासो आएको बताइन् ।  बिहानी सहकारी  महिला उद्यमी संस्थाका अध्यक्ष तुलसा थापाले सहकारीको बारेमा कामकाज गर्न पालिकामा रहेको सहकारी शाखामा निकै  सकस हुने गरेको गुनासो गरिन् । प्रगतिशील पत्रकार संघका अध्यक्ष मोहन वेलबासेले कपिलवस्तु जिल्लाको मूल समस्या भनेको जल, जंगल र सिमा क्षेत्र भएको वताए । उनले जिल्लाको दक्षिण तर्फबाट १२ वटा जंगेपिलरहरु ढलेको तर हालसम्म नउठाएकाले कुनै समय सिमा अतिक्रमण हुने खतरा बढेको जनाए ।  उनले जंगलमा दीगो वन व्यवस्थापनमा कटान, छपानमा आर्थिक बेथिति समस्या ब्याप्त रहेको उल्लेख गरे ।

    कार्यक्रम कार्यपत्र प्रस्तुत गर्दै सामाजिक अभियान्ता प्रदीप शाहले नागरिकको ओठमा हाँसो, जनमूखी सेवा, पारदर्शिता, शून्य भ्रष्टाचार बनाउनु सुशासन भएको ब्याख्या गरे ।  कार्यक्रममा जिल्ला स्थित कार्यालय प्रमुख,विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत सरोकारवाला निकायहरुको सहभागी रहेको थियो  । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्याक्रममा पत्रकार नारायण वलीले सञ्चालन गरेका थिए ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend