काठमाडौं । जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझीसँग बयान लिएको छ । बयानका क्रममा रायमाझीले पीडितको आरोप र प्रहरी बयानमा उल्लेख गरेका सबै विषयवस्तु झुटा रहेको बताएका छन् ।
बयानमा क्रममा उनले केशव दुलालसगँ राजनीतिक कार्यक्रममा दुई पटक भेट भएको र अर्का आरोपी सानु भण्डारीसँग आफ्नो व्यक्तिगत चिनाजानी नभएको उल्लेख गरेका छन् । उनले पैसा बुझेको विषय झुटा आरोप मात्रै भएको जिकिर गरेका छन् । रायमाझीले बयानमा आफ्नो राजनीतिक छवि धुमिल्याउन दुलालले आफ्नो नाम कसैको उक्साहटमा आएर लिएको दाबी गरेका छन् ।