Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गुल्मी अस्पतालमा पनि डायलासिस सेवा


६, पुस २०८०
  • 301
    SHARES
  • गुल्मी अस्पतालमा पनि डायलासिस सेवा

    गुल्मी । गुल्मी अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आउने भएको छ। जिल्लामा डायलासिस सेवा नहुँदा मृगौला पीडितका बिरामी पाल्पा, बुटवल लगायतका सहरमा जानुपर्ने बाध्यता थियो। 

    गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु हुने भएपछि उपचारका लागि सर्वसाधारण तथा मृगौलाका बिरामी बाहिर जानुपर्ने बाध्यता हट्ने छ। हाल जिल्लामा ठेगाना भएर विभिन्न ठाउँमा १ सय ३७ जना मृगौला पीडित बिरामी उपचारत रहेको गुल्मी अस्पतालको तथ्यांकमा उल्लेख छ।  अस्पतालले एक सूचना जारी गर्दै डायलासिस सेवा लिन इच्छुक सेवाग्राहीहरूले अस्पतालको प्रशासनमा सम्पर्क राख्न आग्रह गरेको छ। 

    सेवा सुरु भएपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने  रेसुंगा नगरपालिका नगरप्रमुख खिलधवज पन्थीले बताउनुभयाे । अहिले अस्पतालले बिरामीहरूको नाम दर्ता गर्न सुरु गरेको छ । अस्पतालमा मृगौला पीडितहरूका लागि डायलाइसिस सेवा विस्तार गर्न रेसुंगा नगरपालिकाले पाँचवटा मेसिन संघीय सरकारको सहयोगमा नगरपालिकाले खरिद गरेर उपलब्ध गराएको थियो। 

     

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend