काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि लगाइएका सबै आरोप गलत भएको बताएका छन् । खाँणले काठमाडौं जिल्ला अदालतको २५ नं इजलासमा न्यायाधीश प्रेमप्रसाद न्यौपाने समक्ष शुक्रबार बयान दिने आफूमाथि लगाइएका सबै आरोप गलत भएको दाबी गरे ।
शुक्रबार बिहान ११ देखि साढे ५ बजेसम्म लिइएको बयानमा खाणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र ललितपुर निवासी हरिभक्त महर्जनको बयान सकिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३० जनालाई प्रतिवादी बनाएकोमा १८ जना पक्राउ परेका छन् । १२ जना अहिले पनि पक्राउ पर्न सकेको छैन ।