Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रत्यारोपण केन्द्रका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको छ : मन्त्री बस्नेत


७, पुस २०८०
  • 185
    SHARES
  • प्रत्यारोपण केन्द्रका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको छ : मन्त्री बस्नेत

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विस्तारका लागि आवश्यक जग्गा उपलब्ध गराउन प्रक्रिया सुरु भइसकेको बताएका छन् ।

    सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाज नेपालद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा मन्त्री बस्नेतले प्रधानमन्त्रीको पटकपटकको निर्देशनपछि केन्द्र विस्तारका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

    “बिरामीले खचाखच हुने यो केन्द्रको विस्तारका लागि भक्तपुर र नागार्जुनमा चाँडै जग्गा उपलब्ध गराउने छौँ”, उनले भने, “जग्गा उपलब्ध गराउन प्रधानमन्त्रीबाट पटकपटक निर्देशन आइसकेको छ । अब जग्गाको लागि भौँतारिनुपर्ने अवस्था छैन । जग्गाको विषय चाँडोभन्दा चाँडो टुङ्गोमा पु¥याउन मन्त्रालय प्रतिबद्ध छ ।”

    उनले भविष्यमा स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन तत्काल चिकित्सा शिक्षा ऐनमा संशोधनको आवश्यकता भएको बताए । प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डेले चिकित्सा शिक्षा ऐन संशोधन गर्न आवश्यक भएको बताउँदै स्वास्थ्य क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादनमा चिकित्सा शिक्षा ऐनले बाधा पुगेकाले त्यसलाई संशोधन गर्न आवश्यक भएकामा जोड दिए ।

    ऐन संशोधन नहुँदा ७३ वटा नर्सिङ कलेज बन्द भएका छन् भने रु एक खर्ब ४३ अर्ब चिकित्सा शिक्षा अध्ययन गर्न विदेश जानेले बाहिर लगेका बताए । त्यसअवसरमा पूर्वमन्त्री महेश, सांसद रञ्जु झा, केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले केन्द्रले प्रवाह गरेका सेवाबारे जानकारी दिँदै त्यसलाई अझ सुविधासम्पन्न बनाउनुपर्नेमा जोड दिएका थिए ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend