Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

छत्रगंन्ज रुपन्देही सम्पर्क समाजको निशुल्क स्वास्थ्य शिबिरमा ७ सय बिरामीले लिए सेवा


७, पुस २०८०
  • 942
    SHARES
  • छत्रगंन्ज रुपन्देही सम्पर्क समाजको निशुल्क स्वास्थ्य शिबिरमा ७ सय बिरामीले लिए सेवा

    रुद्रमणि भुसाल,अर्घाखाँची । छत्रगंञ्ज रुपन्देही सम्पर्क समाज बुटवलको आयोजनामा एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ मा रहेको सार्वजनिक माध्यमिक विद्यालयमा आज सम्पन्न निशुल्क स्वास्थ्य शिबिरमा ७ सय बिरामीले लिए सेवा लिएकाछन् । 

    रुपन्देही सम्पर्क समाजले निशुल्क गाउँमा स्वास्थ्य शिविर ल्याउदा गरिब तथा रोग लुकाएर बसेका आमाबुबाहरुलाई उपचार गराउन सहज भएको छत्रगंञ्ज रुपन्देही सम्पर्क समाजका अध्यक्ष सिद्धार्थ पन्थीले जानकारी दिनुभयो ।

    उक्त कार्यक्रममा एडमन्ड सिटी अस्पताल बुटवल जितगणी को प्राविधिक सहयोगमा भएकको शिबिरमा एडमण्ड सिटि हस्पिटलका काडियोलोजीस्ट डा. प्रकृतिराज कडेल, प्रस्तुति तथा महिला रोग विशेषज्ञ डाक्टर सतिश रुपाखेती, जनरल फिजिसियन विशेषज्ञ डाक्टर केशब राज शर्मा,मेडिकल अफिसर डाक्टर रोहित खड्का,डाक्टर विकाश घिमिरेले लगायत ११ रोगका विशेषज्ञ डक्टरले सेवा दिनुभएको थियो ।

    शिबिरमा निशुल्क रुपमा नसा तथा हार्डजोर्ने रोगको विशेषज्ञ डाक्टरबाट सेवा लिन गाउँमै पाएकोमा मोटो रकम तिरेर बुटवल , तम्घास , सन्धिखर्क तत्काल उपचार गर्न जानुपर्ने बाध्यता नरहेकको स्थानिय शान्ता पन्थिले बताउनु भयो । पहाडी जिल्लाका ग्रामिण बस्तीमा अझै पनि सचेतनाको कमीले गर्भबति हुने बेलामा भारिकाम गर्दा महिलाहरुमा सेतोपानी बग्ने , पाठेघर खस्ने, कोखा दुख्ने , नियमित महिनाबारी नहुने , टाउको दुख्ने जस्ता समस्या भएका बिरामी बढीमात्रामा चेकजाँच गर्न भएको प्रस्तुति तथा महिला रोग विशेषज्ञ डाक्टर सतिश रुपाखेतीले बताउनु भयो । 

    उक्त कार्यक्रममा छत्रदेव गाउँपालिका उपाध्यक्ष मनि पन्थी, प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरे, एडमण्ड सिटि अस्पतालका अध्यक्ष प्रकाश राना, छत्रदेव गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपाने, वार्ड नम्बर ५ का अध्यक्ष बालकृष्ण पोखरेल, वार्ड नम्बर ६ का अध्यक्ष कमल पौडेल, वार्ड नं. ३ का वडा तेज प्रसाद खनाल, छत्रगञ्जका पुर्व अध्यक्ष बालकृष्ण श्रेष्ठ , वडासदस्यहरु , स्थानीय व्यावसायि टिन प्रसाद प्रधान,लगायतको सहभागी रहेको थियो ।

    कार्यक्रमको संन्चालन छत्रगंन्ज रुपन्देही सम्पर्क समाजका सचिव विराज पौडेलले गर्नु भएको थियो । निशुल्क स्वास्थ्य शिबिरमा ठुलापोखरा, बल्कोट , चिदिका ,अर्घातोष ,भगवती, केरुङ्गा ,छत्रगञ्ज लगायतका ठाउबाट आएका बिभिन्न रोगका झन्डै ७ सय बिरामीले सेवा लिएकका थिए ।

    received_688062936749437.jpeg
    received_1008788100220675.jpeg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend