Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चितवनको सौराहामा आजदेखि हात्ती महोत्सव सुरु


१०, पुस २०८०
  • 314
    SHARES
  • चितवनको सौराहामा आजदेखि हात्ती महोत्सव सुरु

    चितवन।  चितवनको पर्यटकीय नगरी सौराहामा आजबाट चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदै छ । क्षेत्रीय होटेल सङ्घ चितवन सौराहाको आयोजनामा हुने सो महोत्सवको अर्थमन्त्री डा. प्रकासशरण महतले उद्घाटन गर्ने कार्यक्रम छ ।

    पर्यटन विकासका लागि पुस १० गते देखि १४ गतेसम्म मैनाहाचौरमा सो महोत्सव गर्न लागेको हो ।चितवन हात्ती महोत्सवलाई केही परिमार्जन गरी १७औँ संस्करण सुरु गरिएको क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले जानकारी दिनुभयो । महोत्सव सुरु हुनु पूर्व सौराहामा बिहान शोभायात्र निकालिनेछ । चितवन हात्ती महोत्सवमा सञ्चालन गरिँदै आएको गतिविधिलाई रूपान्तरण गर्दै यहाँका व्यवसायीहरूले पर्यटन महोत्सव आयोजना गरेका हुन् । 

    यस वर्षको पर्यटन महोत्सवको मुख्य आकर्षण हात्ती सुन्दरी प्रतियोगिता रहेको अध्यक्ष गिरीले बताउनभयो । महोत्सवलाई आकर्षक बनाउन यहाँका व्यवसायीहरूले चित्रसारी पुलदेखि नै सौराहालाई सजाएका छन् । महोत्सव स्थललाई ध्वजापताकाले सजाइएको छ । कोरोनाका कारण २०७६ सालदेखि चितवन हात्ती महोत्सव हुन सकेको थिएन ।

    २०८० साल सुरु भएपछि सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएकाले महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष गिरीले बताउनुभयो । चालु आर्थिक वर्षमा मात्र सौराहामा स्वदेशी तथा विदेशी गरी २ लाख २५ हजार पर्यटक आएको क्षेत्रीय होटेल सङ्घले जानकारी दिएको छ ।  तीमध्ये एक लाख ३० हजार जना पर्यटकले निकुञ्ज अवलोकन गरेको तथ्याङ्कले देखाएको छ ।

    इतिहासमै पहिलो पटक कोरोनाकालमा बन्द भएको सौराहाको पर्यटन चलायमान हुन थालेपछि यहाँका व्यवसायीहरूले पर्यटन गतिविधि सुरु गरेका हुन् । साबिकको हात्ती महोत्सवलाई परिमार्जन गर्ने भन्दै यस पटकको महोत्सवमा हात्तीदौड, हात्ती फुटबल र हात्तीपोलो हटाइएको छ ।

    पाँच दिन सम्म सञ्चालन हुने उक्त महोत्सव अन्तर्गत हात्ती शृङ्गार प्रतियोगिता, हात्ती वनभोज र डुङ्गादौड प्रतियोगितालाई यथावत् राखिएको छ । महोत्सवमा हात्तीको दिनचर्या बारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरुसँग विटुवी कार्यक्रम, स्थानीय भेष भूषा तथा कला संस्कृतिको संरक्षण, कलाकारहरूको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रवर्द्धनात्मक कार्यक्रम गरिनेछ । 

    युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेवान सौराहा सह आयोजक रहेको सो महोत्सवमा नेपाल पर्यटन बोर्ड र सांस्कृतिक, पर्यटन तथा सहकारी मन्त्रालय प्रवर्द्धक तथा रत्ननगर नगरपालिका संरक्षक छन् ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend