काठमाडौं। चुकन्दरलाई सलाद र तरकारीको रुपमा प्रयोग गरिन्छ । यो रातो रङ्गको हुन्छ । चुकन्दरले मानव शरीरलाई धेरै फाइदा गर्ने भएकोले यसको जुस बनाएरपनि खान सकिन्छ ।
यसको वैज्ञानिक नाम विटाभल्गरिस हो । यसको प्रयोग तौल घटाउन पनि प्रयोग गरिन्छ । चुकन्दरमा कार्बोहाइट्रेड र क्यालेरी प्रशस्त मात्रामा पाइन्छ । यो सुगरका बिरामीहरुले पनि खान सक्छन् ।
चुकन्दर खानुका फाइदाहरुः–
- शरीरमा अक्सिजनको वृद्धि भइ मस्तिष्कले राम्ररी काम गर्न सहयोग पुर्याउछ,
- चुकन्दरले अल्झाइमर हुनबाट बचाउँछ,
- रक्तचाप बढी भएका व्यक्रिले चुकन्दर खादाँ रक्तचाप नियन्त्रण हुन्छ,
- गर्भवती महिलाको लागि फाइदाजनक मानिन्छ
- यसमा आइरन र भिटामिन ‘सि’पाइने हुनाले हेमोग्लोबिन बढाउन मद्दत गर्छ ।
- शरीरको तौल घटाउँछ ।
- स्मरण शक्ति बढाउन र दिमागलाई स्वस्थ बनाउन उपयोगी हुन्छ ।
- ब्लड प्रेसरलाई सन्तुलनमा राख्छ ।
- मुटु सम्बन्धी रोगको खतरालाई पनि कम गर्छ ।
- हाम्रो सेल भित्र रहेको माइट्रोकोन्डियाको गतिविधि बढ्छ ।
- रगत कम भएका व्यक्तिहरुलाई चुकन्दरले फाइदा गर्छ ।