काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेको बताएका छन् । पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित वर्कसप कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारले जनताको समस्या समाधान गर्नुको साटो सत्ता जोगाउने खेलमा लागेको बताए ।
अध्यक्ष ओलीले गठबन्धनको सरकारले नेपालको समृद्धि, विकास र वैज्ञानिक खोज अनुसन्धानका लागि कुनै योगदान गर्न नसकेको जिकिर गरे । उनले भने सरकार सत्ता कसरी जोगाउने भन्नेमा मात्रै केन्द्रित छ कसरी देश,जनताको पक्षमा काम गर्न सक्छ उनले प्रश्न गरे ।
ओलीले नेकपा एमाले सरकारबाट हटे पछि कुनै पनि सरकारले जनताको पक्षमा काम गर्न नसकेको दाबी गरे ।