Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अदालतमा खाँणले भने  मेरो राजनीतिक जीवन सिध्याउन षड्यन्त्र रचियो


२०, जेठ २०८०
  • 177
    SHARES
  • अदालतमा खाँणले भने  मेरो राजनीतिक जीवन सिध्याउन षड्यन्त्र रचियो

    काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको भनी ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधको अभियोग लागेका पूर्वगृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले  अदालतमा इन्कारी बयान दिएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान दिने क्रममा खाँणले  व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन राज्यबाट नै षड्यन्त्र रचिएको दाबी गरेका छन् ।

    खाँणले  नक्कली भुटानी शरणार्थी प्रकरणका पीडित तथा जाहेरीकर्तालाई नचिनेको पनि बताएका छन् । उक्त प्रकरणमा आफ्नै कहीँकतै संलग्नता नरहेको जिकिर गरेका खाणले प्रतिवेदन फेरबदलमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । म विरुद्ध लगाइएका सबै अभियोग माग दाबीहरू कपोलकल्पित र झुटा हुन् । मेरो व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन निजोजित रूपमा राज्यले रचेको षड्यन्त्र हो । 

    अभियोगमा दाबी लिइएको कुनै पनि कसुरमा मेरो कहीँकतै संलग्नता छैन । यी कसुरहरू गर्नमा कसैलाई प्रोत्साहन र प्रेरित गरेको छैन,खाणले अदालतमा भनेका छन्,मलाई फसाउने उद्देश्यले यी सबै झुटा आरोप र मुद्दाहरू लगाइएका हुन् । यस सम्बन्धमा मैले न्यायमूर्तिसँग न्यायको याचना गर्दछु । उक्त कसुरमा मेरो संलग्नता नरहेको हुँदा अभियोग माग दाबीबाट फुर्सद दिलाई पाउँ । सफाई पाउँ ।

    जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता, जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत प्रहरी उपरीक्षकले ठगीको कसुर र संगठित अपराधको कसुरमा बयान लिएर अन्य कसुर र राज्यविरुद्धको कसुरमा समेत अभियोग लगाइएकोमा पनि खाणले असन्तुष्टि जनाएका छन् । एक अभियोगमा बयान लिने र अर्को अभियोग लगाएर सरासर स्वच्छ सुनुवाइ र प्राकृतिक न्यायको सिद्धान्तविपरीतु काम गरेको उनको भनाइ छ ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend