ललितपुर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सभापतिलाई गाली गरेर पार्टी बलियो नहुने बताएका छन् । शनिबार ललितपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलन उद्घाटनमा बोल्दै सभापति देउवाले सभापतिलाई गाली मात्रै गरेर पार्टी बलियो नहुने बताए ।
सभापति देउवाले पार्टी बनाउन जनतामाझ जानुपर्नेमा जोड दिदै आफुनो नेतृत्वमा कांग्रेसलाई पहिलो पार्टी बनाएको जिकिर गरे । उनले भोलीको दिनमा पनि पार्टी बलियो बनाउन भूमिका निर्वाह गर्ने बताउदै सभापति देउवाले आगामी दिनमा आफु पार्टीको सभापति नवन्ने स्पष्ट पारे ।
सभापति देउवाले ‘पार्टी बलियो बनाउन सबै आ–आफ्नो जिम्मेवारीलाई भुल्न नहुने बताउदै गाली गरेर नभई काँधमा काँध मिलाएर अगाडि बढ्न सुझाव दिए ।