Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

टेकनाथको बयान : टोपबहादुर मुख्य योजनाकार हुन्, मलाई पनि प्रचण्ड निवास पुर्‍याएका थिए


२०, जेठ २०८०
  • 141
    SHARES
  • टेकनाथको बयान : टोपबहादुर मुख्य योजनाकार हुन्, मलाई पनि प्रचण्ड निवास पुर्‍याएका थिए

    काठमाडौं । भुटार्नी शरणार्थी नेता टेकनाथ रिजालले सानु भण्डारी र केशव दुलालसँगै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पोलेका छन् ।

    उनले अदालतमा दिएको बयानमा सानु र केशव नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भनेर आफू कहाँ आएको बताएका छन् । आफूले केपी ओली र प्रचण्डलाई भेटाउनुस् भनेपछि काठमाडौं ल्याएर टोपबहादुर रायमाझी कहाँ पुर्‍याएको उनको बयान छ । रायमाझीसँग भएको कुराकानी क्लियर नभएपछि प्रचण्ड कहाँ लगेको भन्दै उनले भनेका छन्, ‘प्रचण्ड निवासमा म, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दलाल पुगेका थियौं ।’

    भेटमा रायमाझीले सानु र केशवलाई प्रचण्डसँग चिनजान गराएका थिए । आफूले भुटानी शरणार्थी व्यवस्थापनका सम्बन्धमा कुराकानी गर्न आएको भन्दै उनले भनेका छन्, ‘प्रचण्डले म आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नु होला । सम्बोधन हुनसक्ने भनए समाधान गर्नु भन्नु भयो ।’

    यो भेटपछि सानु र केशवमाथि शंका लागेको भएपनि उनीहरुले भने जस्तो आफ्नो रोकिएको सुविधान पनि सुचारु भएको र भुटानी शरणार्थीबारे निर्णयहरु हुन थालेको रिजालको बयान छ ।

    त्यसपछि आफूहरु उनीहरुले भने जस्ता ९नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने० काम हुने रहेछ भन्ने लागेको भन्दै रिजालले भनेका छन्, ‘मैले थाहा पाएसम्म टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल यसका मुख्य योजनाकार रहेको जानकारी छ ।’

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend