Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा उद्यान निर्माण गरी बालबालिका मैत्री उपचार सेवा


१३, पुस २०८०
  • 318
    SHARES
  • लुम्बिनी प्रादेशिक अस्पतालमा उद्यान निर्माण गरी बालबालिका मैत्री उपचार सेवा

    बुटवल । बालबालिकाहरुको शारीरिक तथा मानसिक बिकासका लागि स्वास्थ्य सेवा र उपचारलाई प्रभावकारी बनाउन लुम्बिनी प्रादेशिक अस्पतालले नयाँ अभ्यासको सुरुवात गरेको छ । उपचारका लागि अस्पतालमा आउने बालबालिकाहरुलाई शारीरिक तथा मानसकि रुपमा तन्दुरुस्त बनाउन बाल उद्यान सञ्चालनमा ल्याएको छ ।

    बालबालिकाहरु अस्पताल भित्र आएपछि उनीहरुमा उत्पन्न हुने डर, त्रासलाई कम गरी मानसिक रुपमा स्फूर्त तथा स्वास्थ्य उपचार बारे सकारात्मक सन्देश दिनेगरी खेली–खेली सेवा लिने वातावरणको निर्माणमा उद्यान सहयोगी हुने अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले बताए ।

    बालबालिकाहरु बारे अनुसन्धान तथा उपचार पद्दतीलाई बैनिक बनाउनका लागि अस्पतालमा बगैचाहरुको निर्माण गरी पारिवारिक वातावरण निर्माण गरिने मेसु थापाले बताए । अस्पतालको बाल रोग तथा प्रसुती विभाग कक्ष अगाडि बैचा निर्माण गरी उनीहरुलाई खेल–खेली स्वास्थ्य सेवा लिने व्यवस्थाको सुरुवात गरिएको हो ।

    अस्पतालका बाल रोग विशेज्ञ नेत्र रानाका अनुसार पछिल्लो सयम बालरोग उपचार तथा परामर्शका लागि आउनेका सङ्ख्यामा वृद्धि भएको छ । बाल रोग उपचारलाई विशिष्टकृत गरी अघि बढाउने योजना अनुसार सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने अभियानमा आफूहरु रहेको उनले बताए ।

    शुक्रबार एक कार्यक्रमका बीच बाल उद्यानको उद्घाटन गर्दै बाल रोग विभागका प्रमुख बाल रोग विशेषज्ञ डा. किरणमणी पौडेलले बालबालिकाहरु शुष्म मस्तिका कुनै पनि नरात्मक प्रभाव र डर त्रास बिनानै उपचार सेवा उपलब्ध गराउन उद्यान सहयोगी हुने उल्लेख गरे । उपचारभन्दा ठूलो र महत्वपूर्ण कुरा उनीहरुलाई मानसिक रुपमा तयार पार्नु भएको बताउँदै कुनै पनि बिरामीले अस्पतालमा आएर दबाब महशुस गर्नुपर्ने वातावरणको अन्त्य हुन जरुरी रहेको बताए । कार्यक्रम अस्पतालका प्रशासकीय प्रमुख राजन केसीको सञ्चालनमा भएको थियो ।

    अस्पतालमा बाल रोग उपचारका लागि १२ वटा एनआइसियू, १५ वटा नर्सरी तथा ३० सामान्य उपचार कक्ष रहेका छन् । एक महिनाभित्र थप ६ बेडको पीआईसियू सञ्चालनमा ल्याउने तयारी रहेको अस्पतालले जनाएको छ ।

    अस्पतालमा यसअघिनै प्रसुती तथा बालरोग उपचारका लागि छुट्टै नमूना संकलन केन्द्र समेत सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशका अधिकांश जिल्लाहरुका साथै बाहिरी प्रदेशका जिल्लाबाट समेत उपचारका लागि आउने प्रादेशिक अस्पतालमा आउनेको सङ्ख्या बढ्दै गएको छ ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend