Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पोखरामा प्याराग्लाइडिङ पुनः सुचारु हुने


१४, पुस २०८०
  • 224
    SHARES
  • पोखरामा प्याराग्लाइडिङ पुनः सुचारु हुने

    पोखरा । पोखरामा करिब दुई साता देखि बन्द भएकोे साहसिक खेल प्याराग्लाइडिङ पुनः सुचारु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र व्यवसायी बिच छलफल पछि प्याराग्लाइडिङ पुनः सुचारु गर्ने बिषयमा सहमती भएको नेपाल हवाई खेलकुद संस्था (ना) पोखराका अध्यक्ष सुनिल भट्टराईले  जानकारी दिए। 

    क्यानका सेफ्टी प्रमुख राजु श्रेष्ठ, नाका अध्यक्ष भट्टराई, ४४ वटा र १३ वटा कम्पनीका व्यवसायी र पाइलट क्लवका पदाधिकारीहरु बिच भएको छलफलमा अबदेखि प्याराग्लाइडिङ संचालन गर्ने मुल्यको बिषयमा आफुखुसि लिने भएको बताइएको छ ।

    गत मङ्सिर अन्तिम साता प्याराग्लाइडिङका कम्पनीहरूले आफैँ उडाउन पाउने त्यसको मुल्य पनि आफ्नै हिसाबले लिन पाउनुपर्ने माग गर्दै आएका थिए त्यसको बिबाद नाले मिलाउन नसके पछि क्यानले तत्कालले पोखराको प्याराग्लाईडिङ स्थगित गर्न सूचना जारी गरेको थियो ।  

    क्यानबाट पोखरामा आधिकारीक रुपमा प्याराग्लाइडिङ गर्ने अनुमति प्राप्त हुन साथ व्यवसायीले प्याराग्लाइडिङ उडान गर्ने भएको अध्यक्ष भट्टराईले जनाए ।

    यस अघि प्याराग्लाइडिङ गर्दा प्रति व्यक्तिको १२ हजारसम्म शुल्क लाग्ने गरेको थियो भने त्यो मुल्य केही समय अघि प्याराग्लाइडिङलाई प्रबद्र्धन गर्न बिषेश छुटमा ३ हजारसम्ममा उडान भएको थियो । पोखरामा करिब ५५ कम्पनीहरु रहेका छन्। पोखरामा व्यवसायीक ३ सय प्याराग्लाइडिङ पाइलटहरु रहेका छन भने करिब पचास प्रतिशत मात्र टेण्डम फ्लाईट गर्दै आएका छन्।

    पोखरामा अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएसंगै पोखराको प्याराग्लाइडिङ सराङकोट र तोरीपानीबाट बिस्थापित भई मान्द्रेढुंगामा स्थान्तरण गरिएको थियो । हाल व्यवसायीहरुको मागको आधारमा क्यानले तोरीपानीबाट पुनः अनुमति दिएको थियो । भने अहिले पोखरा १८ को तोरीपानीबाट उडान  गर्दै आएका थिए ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend