Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ज्येष्ठ नागरिकलाई तीर्थयात्रा


२१, जेठ २०८०
  • 361
    SHARES
  • ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

    कमला घिमिरे,अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ६ ठूलापोखराले वडाभित्रका ज्येष्ठ नागरिकहरुलाई प्यूठानको स्वर्गद्वारी र अर्घाखाँचीकै अर्घा भगवती मन्दिरमा २ दिने तिर्थ यात्रा गराएको छ ।

    वडा कार्यालयले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकहरुलाई प्यूठानको स्वर्गद्वारी र अर्घाखाँचीकै अर्घा भगवती मन्दिरमा २ दिने तिर्थ यात्रा गराएको हो । वडा भित्रका ७५ वर्ष वा सो भन्दा माथिल्लो उमेर समूहका २८ जना ज्येष्ठ नागरिकलाई सकुशल तीर्थ यात्रा गराएको वडाध्यक्ष कमल पौडेलले जानकारी दिए । सामान्यतया आफ्नै खुट्टाले केही समयको पैदल यात्रा पनि हिंडेर पार गर्न सक्ने र आफ्नो सामान्य दैनिकी आफै निर्वाह गर्न सक्ने ज्येष्ठ नागरिकहरुलाई तीर्थ यात्रापछि सकुशल निवासमै ल्याई छोडिएको छ ।

    वडाध्यक्ष पौडेलले तीर्थ यात्रामा सहयोग गर्ने ज्येष्ठ नागरिक आमाबुबा, स्वास्थ्यकर्मी, वडाका निर्वाचित जनप्रतिनिधि र सहयोगका निम्ति खटिने सबैप्रति आभार व्यक्त गरेका छन् ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend