Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सात महिनामा डेढ लाख जनाले चढे लुम्बिनी केबलकार


१८, पुस २०८०
  • 205
    SHARES
  • सात महिनामा डेढ लाख जनाले चढे लुम्बिनी केबलकार

    काठमाडौँ । बुटवल र पाल्पा जोड्ने गरी बनेको लुम्बिनी केबलकार सात महिनामा करिब डेढ लाख पर्यटकले चढेका छन् ।

    बुटवलको गोलपार्क बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दूरीको केबलकार गत जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको थियो ।

    सात महिनामा एक लाख ४६ हजार ६ सय ४५ जना पर्यटक केबलकारको यात्रा गरी पाल्पाको वसन्तपुर पुगेका कम्पनीले जनाएको छ ।

    जेठ १५ देखि पुस १४ गतेसम्म एक लाख ४० हजार ५०१ जना आन्तरिक पर्यटक, भारतसहित सार्क राष्ट्रका ६ हजार ११८ जना तथा तेस्रो मुलुकका ३५ जना पर्यटक केबलकार चढेका कम्पनीका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिनुभयो ।

    यो सात महिनाको अवधिमा सबैभन्दा धेरै ३५ हजार ७९७ जना पर्यटक गत कात्तिकमा आएका थिए । असोजमा सबैभन्दा कम ९ हजार ६५० जनाले केबलकार चढेका छन् ।

    कम्पनीले प्रत्येक टिकट दरको एक/एक प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई स्थानीय कर बापत दिँदै आएको छ ।

    सात महिनामा ८ करोड ३६ लाख १५ हजार ६१२ रुपैयाँको टिकट बिक्री गरेको कम्पनीले भदौ २६ गतेसम्मको कर बापत ३ लाख ९३ हजार ३ सय ५४ रुपैयाँका दरले दुई पालिकालाई ७ लाख ८६ हजार ७०८ रुपैयाँ दिएको छ । यो केबलकारमा दुईतर्फी यात्राको ७ सय ५० रुपैयाँ टिकट दर तोकिएको छ ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend