Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

हत्या आरोपमा चार जना पक्राउ


१८, पुस २०८०
  • 144
    SHARES
  • हत्या आरोपमा चार जना पक्राउ

    दाङ । दाङको घोराही उपमहानगरपालिका–६, अघराका शिवराज केसीको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय दाङले बुधबार घोराहीमा पत्रकार सम्मेलन गर्दै केसीको हत्या अभियोगमा बंगलाचुली गाउंपालिका–१ का शेर बहादुर मगर, दिपा मगर, तिलक पुन मगर र मेघराज मगरलाई सार्वजनिक गरेको हो ।

    प्रहरीले हत्यामा प्रयोग भएको भरुवाबन्दुक , ठुलो गोली ३९ थान, छर्रा १०८ थान र केहि बारुद बरामद गरिएको जनाएको छ ।

    उनीहरुले केसीको हत्या गरी शव स्थानीय कोइलाखानीको सुरुङभित्र राखेको अवस्थामा फेला पारेको र त्यसपछि अनुसन्धान गर्दा लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

    उनीहरुले पुस ८ गते भरुवा बन्दुकले गोली हानेर केसीको हत्या गरेको मल्लले बताउनुभयो ।लेनदेनको बिषयमा विवाद हुँदा उनीहरुले केसीलाई भरुवा बन्दुकले हानेर हत्या गरेको खुलेको समेत प्रहरीले जनाएको छ ।  

    हत्या गरिएका केसीको दिपासंग सम्वन्ध रहेको र त्यसको फाइदा उठाउन लाग्दा घटना भएको प्रहरीको भनाइ छ । 

    पक्राउ परेका शेरबहादुर मगर र दिपाले घोराहीबाट बंगलाचुली लगेर जग्गा माग गरेको र नदिएपछि भरुवा बन्दुकले हानी हत्या गरेको दाङका प्रहरी प्रमूख एसपी रामबहादुर केसीले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend