Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

'भिजिट जनकपुरधाम २०२४' सुरु


१९, पुस २०८०
  • 196
    SHARES
  • 'भिजिट जनकपुरधाम २०२४' सुरु

    जनकपुरधाम । सन् २०२४ लाई जनकपुरधाम भ्रमण वर्षका रुपमा मनाउन जानकी मन्दिर प्राङ्गणबाट ‘भिजिट जनकपुरधाम २०२४’ को सुरु गरिएको छ ।

    महागङ्गा आरती गङ्गासागरका संस्थापक संस्कृति संरक्षण अभियन्ता प्रदेश सांसद रामअशिष यादवले बुधबार जनकपुरधामस्थित जानकी मन्दिर प्राङ्गणबाट ‘सियाको दर्शन बिना रामको दर्शन अधुरो’ भन्ने मूल नाराका साथ भिजिट जनकपुरधाम २०२४ लाई भ्रमण वर्षका रुपमा सफल बनाउन उक्त कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

    प्रदेश सांसद यादवले भारतको श्रीराम जन्मभूमि अयोध्यामा २२ जनवरीको दिन हुने श्री राम मन्दिरको प्राणप्रतिष्ठापछि जनपुरधाममा भारतीय धार्मिक पर्यटकहरुको सङ्ख्यामा वृद्धि हुने विश्वास लिएको बताउनुभयो ।

    यस्तै, सोसाइटी ट्राभल्स एण्ड टुर अपरेटर (सोटो) नेपाल मधेश प्रदेशका अध्यक्ष पर्यटन व्यवसायी वीरेन्द्र साहको अध्यक्षतामा सञ्चालित जनकपुरधाम भिजिट वर्ष २०२४ लाई सरोकारवाला निकाय सबै मिलेर सफल बनाउन आग्रह गर्नुभयो । उहाँले निजी पर्यटन व्यवसायीहरु मिलेर यो वर्षलाई जनकपुरधाम भ्रमण वर्ष बनाए पनि यसमा सम्पूर्ण नगरवासी तथा सरोेकारवाला निकायको साथ सहयोग रहने बताउनुभयो । 

    उक्त शुभारम्भ कार्यक्रममा जानकी मन्दिरका महन्थका उत्तराधिकारी रामरोशन दास, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठ, वरिष्ठ उपाध्यक्ष मनीषरमण साह, उपाध्यक्ष अम्भुप्रसाद साहसहितका वक्ताहरूले जनकपुरधाममा पर्यटन प्रवर्धनका लागि भिजिट जनकपुरधाम २०२४ को शुभारम्भ गर्नु फलदायी हुने कुरामा जोड दिनुभएको थियो ।

    उक्त भ्रमण वर्षलाई सफल बनाउन न्यू भिजन नेपाल, नेपाल एसाेसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट, सेभ हिस्टोरिकल, विश्व हिन्दु परिषद् नेपालकोे पनि महत्वपूर्ण भूमिका रहने जनाइएको छ । 

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend