Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कागती पानी किन खाने ? के छ त फाईदाहरु


२१, जेठ २०८०
  • 294
    SHARES
  • कागती  पानी  किन खाने ? के छ त फाईदाहरु

     धेरैजसो मानिसहरु गर्मीको समयमा कागती पानी खाने गर्दछन् । कसैले गर्मीको प्यास मेटाउन खाने गर्दछन् भने कसैले शरीरको तौल कम गर्न खाने गर्दछन् । यसको निरन्तर प्रयोगले हाम्रो शरीलाई धेरै फाइदा गर्ने गर्छ ।

      कागती पानी खानुका फाइदाहरु: –

    १.यदि तपाईहरुको कलेजोमा बोसो जमेको छ भने कागती पानी घरेलु औषधी बन्न सक्छ । कागती पानीमा भिटामिन ‘सी’ हुन्छ । यसमा धेरै मात्रामा एन्टि–अक्सिडेन्ट पाइन्छ । यी दुवै चिजले हाम्रो शरीरमा ग्लुटाथायोन बनाउनका लागी मद्दत गर्दछ । हाम्रो कलजोभित्र विषहरु जम्मा भएर बसेको हुन्छ, जसले गर्दा कलेजोमा जमेको बोसो हटाउन ग्लुटाथायोनले मद्दत गर्दछ । त्यसैले कलेजोमा बोसो जमेको कागती पानीले बोसो हटाउन सधै बिहानको समयमा एक गिलास पानी र एउटा कागती खाने गर्नुपर्दछ ।

    २.तपाईहरुलाई पत्थरीको समस्या छ वा बारम्बार पत्थरी हुने समस्याले सताएको छ भने कागती पानीले धेरै फाइदा गर्दछ । प्रायजसो पत्थरी क्याल्सियम अक्जिलेटको कारणले हुने गर्दछ । कागतीमा साइट्रिक एसिड पाइन्छ । साइट्रिक एसिडलाई साइट्रेट पनि भनिन्छ । हाम्रो किड्नी भित्र पत्थर बनेको हुन्छ त्यसलाई फुटाउने काम साइट्रेटले गर्दछ र पिसाबलाई क्षारीय बनाउन मद्दत गर्दछ । साथसाथै किड्नीमा रहेका पत्थर पिसाबसँगै जान्छ र बारम्बार पत्थरी हुने प्रक्रिया बन्द हुन्छ ।

    ३.निरन्तर कागती पानी पिउनाले हाम्रो अनुहारलाई स्वस्थ बनाउन र चम्किलो बनाउन मद्दत गर्दछ । कागतीको निरन्तर प्रयोगले हाम्रो शरीरभित्र रहेको कोलेजिनको मात्रा बढ्छ । कोलजिनले हाम्रो अनुहारको छालालाई टाइट बनाएर राख्ने र चम्किलो बनाउने काम गर्दछ । हाम्रो अनुहार चाउरी पर्ने, छाला पातलो हुने, छाला झुण्डिनेजस्ता समस्या कम गर्दछ र हाम्रो उमेर भन्दापनि कम उमेरको देखिन मद्दत गर्दछ । त्यसैले यसको प्रयोगले हाम्रो छाला स्वस्थ रहन्छ, चम्किलो र मुलायम बनाउँछ । साथसाथै, अनुहारमा आउने समस्याहरु कम गर्दछ ।

    ४.धेरैजसो मानिसहरु तौल घटाउन कागती पानीको प्रयोग गर्ने गर्दछन् । कागती पानीमा पोनिफिनोल नामको एन्टिअक्सिडेन्ट धेरै पाइन्छ । पोनिफिनोलले हाम्रो शरीरभित्रको मोटोपन कम गर्छ र शरीरको तौल घटाउने काम गर्दछ । कागती पानीले हाम्रो शरीरमा बोसो जम्मा हुन दिदैँन र मधुमेहजस्तो रोगपनि कम गर्दछ ।

    ५.कागतीमा भिटामिन ‘सी’ पाइने हुनाले सेल्सलाई क्षति हुनबाट जोगाउँछ । यसको साथसाथै हाम्रो शरीरभित्र जो फ्री रेडिकल्सले गर्ने क्षतिलाई न्युट्रिलाइज गर्ने काम भिटामिन ‘सी’ ले गर्दछ । भिटामिन ‘सी’ ले हाम्रो मुटुको रोगलाईपनि कम गर्दछ । मुटुको भित्र माइक्रो भ्यास्क्युलेटर हुन्छ कहिलेकाँही भिटामिन ‘सी’ को कमीको कारणले रगत पटक पटक क्यापलरीबाट निस्कन सुरु गर्दछ र यसलाई बन्द गर्नको लागी कोलेस्ट्रोल र क्याल्सियम आएर जम्छ । त्यहाँ सानो चिजहरु जम्यो भने विस्तारैविस्तारै बन्द गर्ने काम गर्दछ । कागती पानीको प्रयोगले इन्सुलेन्सको सेन्सिटीभिटी बढ्ने, हाम्रो शरीरभित्र रहेको सेल्सलाई क्षति हुनबाट बचाउँछ र रगतको मात्रा बढाउन मद्दत गर्दछ ।

     

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend