Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

परिवर्तन गाउँपालिकामा लोक सांस्कृतिक मेला सम्पन्न


२१, जेठ २०८०
  • 375
    SHARES
  • परिवर्तन गाउँपालिकामा लोक सांस्कृतिक मेला सम्पन्न

    रोल्पा। रोल्पाको परिवर्तन गाउँपालिकामा बृहत लोक सांस्कृतिक मेला सम्पन्न भएको छ। हाम्रो ईमान,हाम्रो पौरख र हाम्रो संस्कृति,हाम्रो गौरव  भन्ने मुल नाराका साथ शनिबार देखि सुरु भएको परिवर्तन लोक सांस्कृतिक मेला आइतबार परिवर्तन गाउँपालिकाको बहुउद्देश्यीय सभाह्ल पुतलाचौरमा सम्पन्न भएको हो।

    परिवर्तन गाउँपालिका पुतलाचौर रोल्पाको सहकार्य र लुम्बिनी प्रदेश सरकार मुकाम(देउखुरी दाङ उपत्यका)को सहयोग तथा लोपोन्मुख सांस्कृतिक संरक्षण प्रतिष्ठान परिवर्तन गाउँपालिका पुतलाचौरको आयोजनामा सुरु सम्पन्न भएको हो।गाउँपालिकामा क्रियाशील लोपोन्मुख सांस्कृतिक संरक्षण प्रतिष्ठानका अध्यक्ष लालबहादु घर्तीमगरको अध्यक्षतामा भएको थियो।

    २० र २१ गते दुई दिनसम्म सञ्चालन भएको थियो।जसमा दोस्रो दिन राखिएको आमा समूह र सांस्कृतिक नेतृत्व,लोक संस्कृति,हाम्रो सम्पत्ति,लोक संस्कृति र राजनीति र लोपोन्मुख संस्कृति र सरकारका विभिन्न विज्ञ व्यक्तिहरुको बहस सेसनहरु सञ्चालन भएको थियो।जसमा पहिलो सेसन लोक संस्कृति र राजनीति बहस भएकोमा वक्ताहरु नेपाली कांग्रेसबाट विश्व कुमार चन्द,नेकपा एमालेबाट लोकेन्द्र घर्तीमगर नेकपा माओवादी केन्द्रबाट हरिप्रसाद बुढामगर र नेकपाबाट भक्त बहादुर रिजाल सहभागी हुनु भएको थियो भने सेसनको सञ्चालक महेश न्यौपानेले गर्नु भएको थियो।दोस्रो सेसन लोक संस्कृति र हाम्रो सम्पत्ति बहस भएकोमा वक्ताहरु बलबहादुर घर्तीमगर,श्याम बहादुर बुढामगर र लालबहादुर घर्तीमगर सहभागी हुनु भएको थियो भने सेसनको सञ्चालन नवीन लोचन मगरले गर्नु भएको थियो।

    तेस्रो सेसन आमा समूह र सांस्कृतिक नेतृत्व बहस भएकोमा वक्ताहरु उत्सिपा गोतामे,भिम बहादुर बुढामगर,जुनसरी रोकामगर सहभागी हुनु भएको थियोे भने सेसनको सञ्चालन गोकर्ण प्रसाद पुनमगरले गर्नु भएको थियो।अर्थात् अन्तिम चौथो सेसन लोपोन्मुख संस्कृति र सरकार बहस भएकोमा वक्ताहरु सुक बहादुर बुढामगर,हित कुमारी बुढामगर र खिम विक्रम चन्द सहभागी हुनु भएको थियो भने सेसनको सञ्चालन महेश न्यौपानेले गर्नु भएको थियो।

    मेलालाई भव्य र सभ्य रूपमा व्यवस्थापन गरि सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको थियो । जसअनुसार आर्थिक व्यवस्थापन उपसमिति संयोजकमा लालबहादुर घर्तीमगर,झाँकी व्यवस्थापन उपसमिति संयोजकमा उपाध्यक्ष झन्कार बुढामगर,प्रचारप्रसार उपसमिति संयोजकमा सचिव नवीन लोचनमगर,मञ्च व्यवस्थापन उपसमिति संयोजकमा मनबहादुर घर्ती,आवास तथा भोजन व्यवस्थापन उपसमिति संयोजकमा कर्ण बहादुर बुढामगर र अतिथी सत्कार उपसमितिमा उत्सिपा गोतामेको संयोजकत्वमा अन्य सदस्यको उपसमितिहरु गठन गरिएको थियो । प्रतिष्ठानले जेठ २० गते शनिबार परिवर्तन गाउँपालिका भरिका ६ वटै वडाका  झाँकीको प्रदर्शन र ती झाँकीहरुलाई पुरस्कृत समेत गरेको थियो।

    त्यस्तै कार्यक्रममा साइँला बरै लोकगीत गायन प्रतियोगिता पनि आयोजना गरिएको थियो जसमा ८ समूहलाई नगद २ हजार पुरस्कार प्रदान गरिएको थियो।पहिलो दिन सहिद स्मृति रंगशाला खेलकुद मैदानमा उद्घाटनका दिन साइँला बरै लोकगीत प्रतियोगिता तथा दिनभर झाँकी प्रर्दशनी भएको थियो।स्थानीय लोपोन्मुख अवस्थामा रहेका विभिन्न लोक जनजीवन तथा लोक संस्कृतिको जगेर्नाका लागि मेलाको आयोजना गरिएको प्रतिष्ठानकाले बताइएको छ।

    मेलामा गाउँपालिका भरिका झाँक्रीहरुको भेला गर्नुका साथै लोपोन्मुख विभिन्न चिज बस्तुको नमूना प्रदर्शनी समेत गरिएको थियो।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend