Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रदेशका बालबालिकामा ‘ख्याउटेपन’ उच्च


२३, पुस २०८०
  • 235
    SHARES
  • लुम्बिनी प्रदेशका बालबालिकामा ‘ख्याउटेपन’ उच्च

    बुटवल । लुम्बिनी प्रदेशका बालबालिकाहरूमा ख्याउटेपन बढ्दै गएको पाइएको छ । प्रदेशका विभिन्न निकाय, संघीय सरकारका निकाय तथा स्थानीय निकायमा विभिन्न दातृ संस्थाले समेत पोषणको लागि काम गर्दै आएको बताइएपनि यसमा सरकारी तथ्यांकबाट नै बालबालिकाहरूमा ख्याउटेपना बढ्दै गएको पाइएको हो । 

    लुम्बिनी प्रदेशको स्वाथ्य निर्देशनालयको तथ्यांकअनुसार देशमा सबैभन्दा बढि ख्याउटे बालबालिका लुम्बिनी प्रदेशमा रहेको पाइएको हो । नेशनल डेमोग्राफि एण्ड हेल्थ सर्वे डाटा सन् २०२२ का अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा बढि ख्याउटेपना भएका बालबालिका पाइएको हो ।

    देशभर कुल बालबालिका मध्ये ८ प्रतिशत बालवालिका रहेकोमा कुल ख्याउटे बालवालिकाहरूको संख्यामा सबैभन्दा बढि १६ प्रतिशत बालवालिकामा ख्याउटेपना देखिएको हो । जसलाई उमेर अनुसारको उचाई वृद्धिमा समेत लिने गरिन्छ ।

    निर्देशनालयका परिवार कल्याण शाखा प्रमुख तथा पोषण फोकल प्रर्सन कौशल भण्डारीका अनुसार सुदुरपश्चिम प्रदेशमा ५ प्रतिशत, कर्णालीमा ४ प्रतिशत, गण्डकीमा ४ प्रतितश, बागमतीमा ५ प्रतिशत, मधेस प्रदेशमा १० प्रतिशत र कोसीमा ४ प्रतिशत रहेकोमा लुम्बिनीमा १६ प्रतिशत रहेका छन् ।

    जुन तथ्यांकले प्रदेश सरकारलाई समेत गिज्याएको भन्दै आलोचना समेत भएको छ । मधेस प्रदेशपछि लुम्बिनी प्रदेश भन्दा ६ प्रतिशतले कम छ । दिगो विकास लक्ष्यका अनुसार नेपाल सरकारले कुल बालबालिका मध्ये ४ प्रतिशतमा ख्याउटेपना लाई रोक्ने लक्ष्य लिएको थियो । जसमा नेपालमै ४ प्रतिशत थप अर्थात ८ प्रतिशत देखिएको हो भने लुम्बिनी प्रदेशमा त कुल ख्याउटेपनाको १६ प्रतिशत देखिएको हो ।

    एनडीएचएस सर्भेअनुसार सन् २०२२ मा ६ महिना देखि ५९ महिना सम्मका बालबालिकाहरूको कुपोषणको अवस्थालाई १५ मा रोक्ने भनिएको थियो । तर यसमा थप ५ भई २५ पुगेको छ । यस्तै ख्याउटेपनालाई ४ प्रतिशतमा रोक्ने भनेकोमा ८ प्रतितश र भने कम तौल को अवस्थालाई १० मा रोक्ने लक्ष्य रहेकोमा अहिले १९ प्रतिशत पाइएको छ ।

    बालवालिकामा रहेको पुड्कोपनामा लुम्बिनी चौथो नम्बरमा रहेको छ । कार्णलीमा ३६ प्रतिशत, मेधमा २९ र सुदुरपश्चिममा २८ प्रतिशत रहेकोमा लुम्बिनीमा भने २५ प्रतितश रहेको छ । कम तौल भएका बालवालिकाहरूमा पनि लुम्बिनी प्रदेशमा दोसो नम्बरमा रहेको छ । स्वाथ्य निर्देशनालयका अनुसार मधेस प्रदेशमा २९ प्रतिशत बालवालिकामा कम तौल भएको पाइएकोमा त्यसपछिको लुम्बिनीमा २५ प्रतिशत बालबालिकामा कम तौल पाइएको हो ।

    फोकल पर्सन भण्डारीका अनुसार स्वाथ्य निर्देशनालय लुम्बिनी प्रदेशले प्रदेशका दुई वटा जिल्ला रुकुम पूर्व र कपिलवस्तु जिल्लामा पोषणको अवस्थाको विषयमा विशेष सर्वेक्षण समेत गरेको थियो । जसअनुसार कुपोषणबाट ग्रसीत बालवालिका कपिलवस्तुमा पुड्को पना ४६।१ प्रतिशत बालबालिका, ख्याटेपना १०।३ प्रतिशत र कम तौल भएको ३६।२ प्रतिशत पाइएको हो ।

    प्रदेशका बालवालिकामा रक्त अल्पताको अवस्था पनि गम्भिर पाइएको छ । जसमा ४९ प्रतिशत बालवालिका रक्त अल्पताको सिकार भएका छन् । देशभरमा सबैभन्दा बढि मधेसमा ५१ प्रतिशत बालवालिका यसको सिकार भएका छन् । मधेस भन्दा जम्मा २ प्रतिशत मात्रै कम लुम्बिनी प्रदेशमा देखिएको हो ।

    बालवालिका संगै १० देखि १९ बर्षका किाशोर किशोरीहरूमा गरिएको स्वास्थ्य तथा पोषणको अवस्थामा प्रदेशमा रक्तअल्पता ३९ प्रतिशत, कम तौल २५ प्रतिशत र किशोरीहरूमा अधिक तौल मोटोपना ५३ प्रतिशत भेटिएको हो । 

    ५ वर्ष मुनिका बालबालिकामा ख्याउटेपन, पुडकोपन, कम तौल उच्च रहेको र २०३० सम्म लक्ष्य हासिल गर्न चुनौति रहेको स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद कुमार गिरी बताउँछन् । उनले बालबालिका, किशोरी र प्रजनन उमेरका महिलाहरूमा रक्तअल्पता अधिक रहेको पाइएको जानाकारी दिँदै स्तनपान संरक्षण, संवर्धन र प्रवद्र्धनमा कमी हुँदै गएको बताए ।

    उनले बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्नु, किशोरी आईरन फोलिक एसिड कार्यक्रम, बिद्यालयमा जुकाको औषधी आमवितरण पनि कम हुँदा समस्या आएको बताए । उनले यो विषयमा प्रदेशको मन्त्रालयबाट विभिन्न तहमा काम भैरहेको जानकारी दिँदै दिगो विकास लक्ष्यलाई प्रदेशले सहजतापुर्वक लिएर पुरा गर्ने अठोटका साथ लागिपरेको समेत बताएका छन् । 

     

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend