काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता माथि भारतबाटै खतरा रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा केसीले देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता माथि भारतबाट नै सबैभन्दा बढी खतरा रहेको बताएका हुन् ।
अध्यक्ष केसीले भारतले नेपालका शासकहरुलाई विरालाले मुसो खेलाए झैं खेलाएर नेपालको राष्ट्रियतामाथि, सार्वभौमता र अखण्डतामाथि कब्जा जमाएको आरोप लगाए । उनले भारतले नेपालको प्राकृतिक स्रोत, साधन माथि कब्जा गर्न खोजेको आरोप लगाउदै अंगिकृतलाई वंशज नागरिकता दिएर भारतले नेपालमा आफ्नो बहुमत बनाउन बताए ।
केसीले नेपाल माथि भारतीय शासकहरुको हेराई छ, त्यो गम्भीर छ । नेपाली जनता चनाखो हुने बेला आएको बताए ।
‘