Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जुँगे महादेव मन्दिर पुनःनिर्माणमा ढिलाइ


२३, पुस २०८०
  • 240
    SHARES
  • जुँगे महादेव मन्दिर पुनःनिर्माणमा ढिलाइ

    बाँके । नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा रहेको जुङ्गे महादेव मन्दिर पुनःनिर्माणमा ढिलाइ भएको छ ।एक वर्षभित्र निर्माण सम्पन्न हुनेगरी नेपालगञ्ज उपमहानगरपालिकाले मन्दिर पुनः निर्माणका लागि गतवर्ष चैतमा बोलपत्र आह्वान गरेको थियो । बोलपत्रलगत्तै काम सुरु भए पनि पुनःनिर्माणले गतिलिन सकेको छैन । 

    सुरुवाती चरणमा पानी सुकाएर तालमा घाट निर्माण भए पनि निर्माण अघि बढ्न सकेन । जुङ्गे महादेवको मन्दिर बागेश्वरी तलाउको बीच भागमा रहेको छ । मन्दिर पुनःनिर्माणका लागि तालको पानी सुकाइएको हो । मन्दिर र मूर्ति यथावत् राखेर प्रवेश मार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको जनाइएको छ । 

    नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जुङ्गे महादेव मन्दिर पुनःनिर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको बताउनुभयो । तलाउको बीचमा रहेको मन्दिरसम्म पुग्न वर्षौँ पहिले बनाइएको प्रवेशमार्ग जीर्ण भएपछि उपमहानगरपालिकाले नयाँ निर्माण गर्न लागेको हो ।

    “एक वर्षभित्र निर्माण सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको हो, घाटको काम करिब भइसकेको छ”, नगरप्रमुख विष्टले भन्नुभयो,“नयाँ संरचना निर्माण भएपछि मन्दिरभित्रका घाट क्षेत्र फराकिलो हुनेछ ।”

    गतवर्ष निर्माणका लागि पानी सुकाउने क्रममा निर्माण सामग्री फस्ने लगायतका कारणले निर्माणमा ढिलाइ भएको उपमहानगरपालिकाका इञ्जीनीयर सुरज शर्माले बताउनुभयो । प्राविधिक कारणले विगतमा ढिलाइ भए पनि अहिले निर्माण कम्पनीले काम सुरु गरेको उहाँको भनाइ छ । 

    प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्र तालको बीचभागमा रहेको जुङ्गे महादेवको मूर्ति भक्तजनको रोजाइमा पर्ने गरेको छ । जीर्ण र साँघुरो प्रवेश मार्ग रहेका कारण शिवरात्रि लगायत विभिन्न चाडपर्वका समयमा भक्तजनको धेरै भीड हुने समयमा दुर्घटनाको जोखिम रहेको थियो ।

    पुनः निर्माणमा ढिलाइ हुँदा बागेश्वरी मन्दिर क्षेत्रमा आउने धार्मिक पर्यटकलाई असुविधा भएको भन्दै नेपालगञ्जका नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले समयसीमाभित्रै निर्माण सम्पन्न गराउन सम्वद्ध निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend