Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पोखरामा पुस २५ र २६ गते जलपन्छी गणना


२३, पुस २०८०
  • 146
    SHARES
  • पोखरामा पुस २५ र २६ गते जलपन्छी गणना
    गण्डकी । पोखरामा यही पुस २५ र २६ गते हिउँदे आगन्तुक तथा पानीमा आश्रित पन्छीको गणना गरिने भएको छ । समसार, तालतलैया, नदीनालामा आश्रित जलपन्छीको अवस्था, हिउँदे आगन्तुक जलपन्छीको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले पन्छी गणना गरिने भएको हो ।
     
    पाानीमा आश्रित तथा हिउँदे आगन्तुक जलपन्छीको सङ्ख्या र तिनका विभिन्न प्रजातिको विवरण पत्तालगाइ स्थानीय समुदाय र सरोकारवाला निकायको सहभागितामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ जलपन्छी गणना गर्न लागिएको पोखरा उपत्यका क्षेत्रीय संयोजक एवं पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा सन् १९८७ देखि जलपन्छी गणना सुरु गरिएको हो । 
     
    सन् २००४ देखि पोखरा उपत्यकामा टाइगर माउन्टेन पोखरा लजको अगुवाइमा जलपन्छी गणना गरिँदै आइएकामा सन् २००७ देखि पथप्रर्दशकको सहभागितामा नेपाल पन्छी संरक्षण सङ्घअन्तर्गत वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका विद्यार्थी र सन् २०१५ देखि पोखरा पन्छी समाजको प्रत्यक्ष संलग्नता गणना थालिएको घिमिरेले बताउनुभयो ।
     
    उपत्यकाले जलपन्छी गणनाको २०औँ वर्षमा प्रवेश गरेको भन्दै पछिल्लो समय जलपन्छीको सङ्ख्या तथा प्रजातिमा धेरै हेरफेर रहेको लजका नेचुरलिस्ट झलक चौधरीले बताउनुभयो । उहाँका अनुसार विश्वमै दुर्लभ रहेका ४२ प्रजातिका पन्छीमध्ये १३ जलपन्छी रहेका छन् । 
     
    पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका ५० भन्दाबढी स्थानमा जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तासम्म जलपन्छीको गणना गरिने एशियन वाटरफल सेन्ससका नेपाल प्रतिनिधि डा. हेमसागर बरालले जानकारी दिनुभयो ।
     
    पोखरा उपत्यकामा गरिने गणना पुस २५ गते कमलपोखरी, विजयपुर खोला, गुँदे, खास्टे, न्यूरेनी, दिपाङ, मैदी, बेगनाश र रुपाताल गरिने र २६ गते फेवाताल र सिमसार क्षेत्रमा गरिने समाजका अध्यक्ष घिमिरेले बताउनुभयो । 

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend