Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

धार्मिक पर्यटक भित्र्याउन गोरखाबाट गोरखपुरसम्म ‘खिचडी यात्रा’


२४, पुस २०८०
  • 276
    SHARES
  • धार्मिक पर्यटक भित्र्याउन गोरखाबाट गोरखपुरसम्म ‘खिचडी यात्रा’

    गोरखा । गोरखास्थित गोरखनाथ कालिका मन्दिरको प्रचार–प्रसार गर्दै धार्मिक पर्यटक भित्र्याउन गोरखाबाट गोरखपुरसम्म ‘खिचडी यात्रा’ गरिने भएको छ । भारतको उत्तर प्रदेशका भारतीय पर्यटकलाई गोरखा भित्र्याउन गोरखाको गोरखनाथ मन्दिरबाट गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्म एक सय आठ जनाको सहभागितामा धार्मिकयात्रा गर्न लागिएको हो ।

    “प्राचीनकालदेखि नै गोरखाको गोरखनाथ मन्दिरबाट गोरखपुरमा रहेको गोरखनाथ मन्दिरमा खिचडी पठाउने प्रचलन रहेको रहेछ”, गौमाता सेवा महासङ्घ गोरखाका संयोजक होमसिंह बस्न्यातले भन्नुभयो, “तर गएको २० वर्षभन्दा बढी समयदेखि उक्त परम्परा रोकिएको पाइयो, हामीले हराएको संस्कृतिलाई जोगाउन र गोरखामा धार्मिक पर्यटकको आर्कषण बढाउन गोरखनाथ मन्दिरबाट खिचडी लगेर चढाउन यात्रा गर्न लागेका हौँ ।”

    चामल, मासको दाल, घ्यू, नुन, बेसारलगायतका खाद्यवस्तु मिलाएर खिचडी बनाउने गरिन्छ । गोरखनाथ मन्दिरबाट प्रसादका रूपमा खिचडी लिएर उत्तर प्रदेशमा रहेको गोरखनाथ मन्दिरमा माघीपर्वका दिन दिउँसो ब्रह्ममूर्तको समयमा चढाएपछि मात्र त्यहाँ खिचडी भोग गर्ने परम्परा रहेको बताइन्छ ।

    “धार्मिक हिसाबले दुवै ठाउँमा रहेको गोरखनाथको महत्व उस्तै छ”, संयोजक बस्न्यातले भन्नुभयो, ‘‘धार्मिक दृष्टिकोण दुवै ठाउँलाई जोड्न सके र त्यहाँका झण्डै २४ करोड जनतालाई गोरखाको गोरखानाथसँगको सम्बन्धका बारेमा जानकारी गराउन सके त्यहाँका धार्मिक पर्यटकलाई गोरखा ल्याउन सकिन्छ ।” गोरखाको  धार्मिक टोली यही पुस २९ गते गोरखपुरको यात्रामा निस्कने उहाँको भनाइ छ ।

    “बिहान ७ बजे गोरखनाथ मन्दिरबाट खिचडीसँगै बाजागाजा मङ्गलधुन स्वस्तिकवाचनसहित गोरखाबाट गोरखपुरयात्रा आरम्भ हुन्छ”, उहाँले भन्नुभयो, “गोरखपुर पुगेर त्यहाँस्थित गोरखनाथ मन्दिरमा गोरखाबाट लगेको खिचडी चढाएर हामी गोरखा फर्कन्छौँ ।”

    बीस वर्षअघिसम्म गोरखाको गोरखानाथ मन्दिरबाट गोरखपुरमा रहेको गोरखनाथ मन्दिरमा खिचडी पुग्ने गरेको भए पनि पछि उक्त परम्परा बन्द भएको बस्न्यातले बताउनुभयो ।

    गोरखाको गोरखनाथ कालिका मन्दिरबाट खिचडी पठाउन छाडेपछि गोरखापुरको गोरखनाथमा नेपाली भूमिबाट थोरै चामल, घ्यू, नुन, मासको दाल, बेसारलगायतका खाद्यवस्तु लगेर गोरखाको गोरखनाथबाट ल्याएको सम्झिएर चढाउने गरेको त्यहाँका पुजारीले जानकारी दिएको उहाँको भनाइ छ ।

    परम्परागत धार्मिक तथा सांस्कृतिक परम्पराको जगर्ने गर्न सुरु गरिएको यस संस्कृतिले गोरखामा धार्मिक पर्यटन भित्र्याउन महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।

    खिचडी पुर्याउने परम्पराको पुनः थालनी गरेसँगै उत्तर प्रदेश र गोरखाबीचको धार्मिक सम्बन्ध अझै बलियो हुँदै जाने र यसले गोरखा जिल्लाभित्रका लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिने संयोजक बस्न्याले बताउनुभयो ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend