Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

वीर अस्पतालमा ‘मेमोग्राम’ सञ्चालन


२५, पुस २०८०
  • 200
    SHARES
  • वीर अस्पतालमा ‘मेमोग्राम’ सञ्चालन

    काठमाडौँ । वीर अस्पतालमा स्तन क्यान्सरको उपचारका लागि अत्याधुनिक उपकरण सञ्चालन गरिएको छ । स्तन क्यान्सर परीक्षण (स्क्रिनिङ)का लागि अत्याधुनिक उपकरण ‘मेमोग्राम’ सञ्चालन गरिएको हो । 

    अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले स्तनमा क्यान्सर रोग लाग्नुभन्दा पहिल्यै क्यान्सरका लक्षण पत्ता लगाउने विधिलाई स्क्रिनिङ भनिने जनाउँदै सरकारी अस्पतालमा पहिलो पटक अत्याधुनिक क्यान्सर स्क्रिनिङ उपकरण ‘मेमोग्राम’ सञ्चालन गरिएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार ४० वर्षभन्दा माथिका महिलाको स्तन क्यान्सर स्क्रिनिङ गर्नका लागि उक्त उपकरण प्रयोग गरिन्छ ।

    “क्यान्सरका लक्षण देखापर्नु अघिको अवस्थामा पत्ता लगाउने विधिलाई स्क्रिनिङ भनिन्छ । यो परीक्षणको एउटा विधि हो । क्यान्सर फैलनुअगावै थाहा पाउन सकियो भने प्रभावकारी उपचार गर्न सकिन्छ”, डा. पौडेलले भन्नुभयो ।

    उहाँका अनुसार अहिले दैनिक तीन देखि चारजना महिलाको क्यान्सर स्क्रिनिङ गरिँदै आइएको छ । स्तनमा क्यान्सरको समस्या देखिनु भन्दा पहिले नै लक्षण पहिचान गर्नका लागि यो विधि प्रयोग गरिने उहाँको भनाइ थियो ।

    स्तन क्यान्सरको स्क्रिनिङ गर्नका लागि रू एक हजार पाँच सय शुल्क तोकिएको अस्पताल प्रशासनले जनाएको छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले नेपालका महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा रहेकाले समयमा नै स्क्रिनिङ गर्न आवश्यक रहेको बताउनुभयो ।

    उहाँका अनुसार महिलामा देखिने पहिलो क्यान्सर पाठेघरको मुखको क्यान्सर हो । नेपालमा दैनिक तीन जना महिलाको स्तन क्यान्सरका कारण मृत्यु हुने गरेको डा शाहीले जानकारी दिनुभयो ।

    समयमा नै स्तन क्यान्सर सम्बन्धिका रोग पत्ता लगाउन सके प्रभावकारी उपचारका माध्यमबाट बिरामीलाई बचाउन सकिने उहाँको भनाइ थियो । 

    वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. शाहीले स्तनपान नगराउने, विवाह नगरेका, सानै उमेरमा महिनावारी हुने, चाँडै महिनावारी सुक्ने, दिनमा सुत्ने तथा रातमा काम गर्ने वा जाग्राम बस्ने महिलालाई स्तन क्यान्सर हुने गरेको बताउनुभयो ।

    मोटोपन, धूमपान गर्ने, व्यायाम नगर्ने, वंशाणुगत गुण र कुनै क्यान्सर भएका महिलालाई रेडियसन दिँदा (सेक्दा) पनि पछि स्तन क्यान्सर हुने गरेको उहाँले जानकारी दिनुभयो । 

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend