काठमाडौँ । सरकारले कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताको औषधि उपचारका लागि विभिन्न अस्पतालहरू तोकेको छ । कोषमा आबद्ध भएका सञ्चयकर्ताको उपचारका लागि एक सय २० अस्पताल तोकिएको कर्मचारी सञ्चय कोषले जनाएको छ ।
तोकिएका अस्पतालमा सबैभन्दा बढी बागमती प्रदेशमा ६० र कम कर्णाली प्रदेशमा दुई वटा अस्पताल रहेका छन् । कोशी प्रदेशमा १५, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा ६०, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा १६, कर्णाली प्रदेशमा दुई वटा र सुदूरपश्चिम प्रदेशमा तीन वटा अस्पताल उपचारका लागि तोकिएको छ ।
यसै गरी कोषमा आबद्धहरूले नेपाल सरकारका सबै केन्द्रीय, प्रादेशिक, जिल्ला तथा पालिका स्तरका सरकारी अस्पताल, सरकारी स्वास्थ्य केन्द्रहरू, नेपाल सरकारको स्वामित्वमा सञ्चालित अस्पताल र शिक्षण संस्थाहरूमा उपचार गराउन सक्ने छन् । यसरी गरिने उपचारको खर्च सञ्चय कोषले नै बेहोर्ने कोषका प्रवक्ता दामोदर सुवेदीले जानकारी दिए ।
कोषले २०८० फागुन एक गतेदेखि लागू हुने गरी उपचार गराउने अस्पतालहरूको सूची तयार गरेको हो । साबिकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराउँदै आइएको उक्त योजनामा फाल्गुण १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पतिरपत्नीलाई समेत समावेश गरिएको कोषले जनाएको छ ।
कोषले सूचिकृत गरेका अस्पतालमा मात्र सञ्चयकर्ता वा पतिरपत्नीको उपचार गराई कोषबाट सञ्चयकर्तालाई प्रदान गरिने सुविधा उपभोग गर्न कोषले आग्रह गरेको छ ।
यी हुन् कोषले सूचीकृत गरेका अस्पताल :



