Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पर्यटन प्रवद्र्धन अभियान २०८० निर्देशक समिति अर्घाखाँचीको बैठक सम्पन्न


२६, पुस २०८०
  • 302
    SHARES
  • पर्यटन प्रवद्र्धन अभियान २०८० निर्देशक समिति अर्घाखाँचीको बैठक सम्पन्न

    नेत्र प्रसाद मरासिनी, सन्धिखर्क। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”द्वारा समुद्द्घाटन हुने अर्घाखाँची पर्यटन प्रबद्र्धन २०८० को लागि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा निर्देशक समितिको वैठक सम्पन्न भएको छ । 

    “आर्थिक विकास, पर्यटन प्रबद्र्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रम–२०८०“ अभियानले अर्घाखाँचीका धार्मिक, ऐतिहारिक र पर्यटकीय स्थलहरुको प्रचार प्रसार र प्रबद्र्धन गर्नेछ । 

    नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको उक्त कार्यक्रम माघ १ गते सन्धिखर्कको टुँडीखेलमा उद्घाटन गरी शुभारम्भ गरिनेछ । 

    कार्यक्रमलाई सम्पन्न गर्नको लागि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख तथा कार्यक्रमका निर्देशक जीवनारायण कोईरालाको संयोजकत्वमा ५ सदस्यीय कार्यक्रम व्यवस्थापन समितिको चयन समेत गरिएको छ ।

    जसमा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, अभियानका प्रवक्ता हृदयकुमार भुसाल रहेका छन् । 

    वैठकमा ६ वटै स्थानीय तहका प्रमुख, जिल्ला स्थित राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुख र पत्रकारहरुको उपस्थिति रहेको थियो । 

    बैठकले कार्यक्रम उद्घाटन पूर्वको विभिन्न कार्यक्रमहरुको तयारी समेत गरेको छ ।

    जसमा पुस २७ गते पर्यटन प्रबद्र्धन सम्बन्धि निर्माण गरिएको गीतको शुभारम्भ, २८ गते विहान प्रभात फेरी, २९ गते विहान सरसफाई सोही दिन दिउसो २ बजे मोटरसाईकल र्याली र साँझ दीप प्रज्वलन गर्ने समेत बैठकले निर्णय गरेको प्रवक्ता हृदयकुमार भुसालले जानकारी दिनुभयो ।

    पर्यटन प्रबद्र्धन अभियान सम्पन्न गर्न र गराउन सबै पक्षलाई पत्रकार महासंघका अध्यक्ष अशोककुमार खनालले अनुरोध गर्नु भएको छ ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend