Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री प्रचण्डको स्पष्टिकरण- भारतसँग भूमि साट्ने कुरा गरेकै छैन


२२, जेठ २०८०
  • 219
    SHARES
  • प्रधानमन्त्री प्रचण्डको स्पष्टिकरण- भारतसँग भूमि साट्ने कुरा गरेकै छैन

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा भूमी साट्ने प्रस्ताव नगरेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा भारत भ्रमणका बारेमा जानकारी दिदै प्रधानमन्त्री प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्नेमा आफु प्रस्ट रहेको र त्यही अनुसार नै भूमिका खेलेको भन्दै उनले भूमी साट्ने कुनै पनि बिकल्पमा आफुले छलफल नगरेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आफुमाथिको आरोप राष्ट्र हित विपरीत रहेको पनि जिकिर गरे । 

    नेपालको भूमि नेपालको हो भन्ने स्थापीत भन्ने कुरा पहिलो भएको उनले बताए । केहि बुद्धिजीविले राखेको बंगलादेश मोडल आफुले राखेको बिषय नभएको समेत उनले प्रस्ष्ट पारे । प्रधानमन्त्री प्रचण्डले नेपालको हितमा सकारत्मक प्रयास गर्ने भएको र यस पटकको भ्रमण कामकाजी भएको दावी गरे ।

    त्यस्तै प्रधानमन्त्री प्रचण्डले अहिले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक यसअघिको जस्तै रहेको भन्दै विरोध गर्नुको कुनै अर्थ नरहेको बताए । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदाको अध्यादेशकै स्वरुपमा नै अहिलेको नागरिकता विधेयक आएको प्रचण्डले बताए ।

    प्रचण्डले यसअघि भएका बिषयहरुलाई अहिले ल्याइएको भन्दै नागरिकता विधेयकका बिषयमा दुई ठाँउमा बस्नुपर्ने कारण नभएको बताए । उनले सरकारले निर्णय गर्ने र अदालतले रोक्ने पीडा अहिलेको प्रतिपक्षी र सत्तापक्षले भोगको पीडा भएकाले अदालतमा पुगेको बिषयमा विवाद गर्न नहुने धारणा राखेका छन् ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend