Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘पृथ्वीनारायण शाहको इतिहासलाई पर्यटनसँग जोडेर समृद्धि हासिल गर्नुपर्छ’


२७, पुस २०८०
  • 123
    SHARES
  • ‘पृथ्वीनारायण शाहको इतिहासलाई पर्यटनसँग जोडेर समृद्धि हासिल गर्नुपर्छ’

    गोरखा । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको इतिहास र योगदानको प्रचार–प्रसार गर्दै त्यसलाई पर्यटनसँग जोडेर गोरखाले विकास र समृद्धि हासिल गर्न सक्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । 

    तीन सय दुई औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसकोे अवसरमा नेपाल एकीकरणका अभियान्ता तत्कालीन राजा पृथ्वीनाराण शाहको जन्मथलो गोरखामा आज आयोजित कार्यक्रममा सहभागीले अब इतिहासको चर्चा मात्र गर्ने नभई इतिहासलाई समृद्धिका लागि उपयोगसमेत गर्नुपर्ने बताएका हुन् ।

    “पृथ्वीनारायण शाहको इतिहासलाई ऐतिहासिक पर्यटनसँग जोडेर गोरखाको समृद्धिको थालनी गर्न सक्नुपर्छ”, जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगरले भन्नुभयो, “यसले इतिहासको सम्मान मात्र नभएर वर्तमानलाई पनि एउटा गौरवपूर्ण इतिहास बनाउन सकिन्छ ।” 

    उहाँले पृथ्वीनारायण शाहको दिव्य उपदेशबाट सिकेर सबै एकताबद्ध भई समृद्धिको उचाइ हासिल गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रनिर्माता शाहको कुसल नेतृत्व र दूरदर्शिताका कारण आज नेपाल विश्वसामु परिचित भएको भन्दै थापामगरले अनुकरणीय कार्यको सबै क्षेत्रले अनुशरण गर्नु आवश्यक भएको बताउनुभयो ।

    गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरणको अभियानबाट नै आधुनिक नेपालको जगको सुरुआत भएको बताउनुभयो । “यो इतिहास गोरखाको गौरव बनेर रहेको छ । 

    यो इतिहासलाई अध्ययन गर्न यहाँ आउन चाहनेका लागि मध्यनजर गर्दै गोरखालाई नेपाल एकीकरणको इतिहासको अध्ययन गर्ने प्रमुख थलोका रुपमा विकास गर्नुपर्छ भनेर लागि रहेका छौँ”, उहाँले भन्नुभयो, “इतिहासलाई अब पर्यटनसँग पनि जोडेर समृद्धिको थालनीसमेत गर्नेछौँ ।”

    सदरमुकाममा रहेको ठूलो आँगनमा हरेक दिन बिहान र साँझ राष्ट्रनिर्माताको सम्मानमा सेनाले शाहको सालिकमा सलामी अर्पण गर्ने गरेको भन्दै यही सलामी हेर्नका लागि पर्यटक गोरखा आउने भएकाले यहाँ बस्ने र घुम्ने वातावरण बन्दै गएको प्रमुख रानामगरले बताउनुभयो । 

    “नेपाली सेना, गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको आयोजनामा पाँच वर्षदेखि शाहले नेपाल एकीकरण गर्दा प्रयोग गरेका पदमार्गमा पदयात्रा गरी पदमार्गको प्रचारप्रसार पनि गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “इतिहासलाई अब इतिहास मात्र होइन समृद्धि र जनताको सुन्दर भविष्यका लागि उपयोग गर्न सक्नुपर्छ ।” 

    कार्यक्रममा नागरिक समाजका अगुवा मोहनलाल श्रेष्ठले राजनीतिक परिवर्तनका घटनाक्रम चलिरहने भए पनि इतिहासलाई कहिल्यै मर्न दिन नहुने बताउनुभयो । “जसले मुलुकका लागि इतिहासका लागि काम गर्छ तिनलाई स्मरण र सम्मान गरिरहनुपर्छ”, उहाँले भन्नुभयो, “यसले मुलुक सञ्चालन गर्नेलाई आफू जिम्मेवारीमा रहेका बेला सकारात्मक काम गर्नुपर्छ भन्ने प्रेरणासमेत पैदा गर्दछ ।” 

    कार्यक्रममा ठूलो आँगनमा रहेका राष्ट्रनिर्माता शाहको सालिकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सलामी दिनुका साथै गोरखा नगरप्रमुख रानामगरले शाहको सालिकमा माल्र्यापण गरी शाहलाई सम्मानसमेत गर्नुभएको थियो । पृथ्वीजयन्तीको अवसरमा आज बिहान गोरखा सदरमुकाममा बाँजागाँजासहित प्रभातफेरी निकालिएको थियो ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend