दाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरीले राज्यको नीति ९३ रुपैयाँ अन्यमा खर्च गर्ने र ७ रुपैयाँ विकासमा लगानी गर्ने भएकाले अर्थतन्त्रको चुहावट निकै डरलाग्दो रहेको बताउँदै हालको चालु अर्थतन्त्रको कुरा गर्ने हो भने निकै डरलाग्दो तस्बिर भएकाले आगामी बर्षमा थप कठिन दिन आउने जिकिर गरे ।
राज्य र निजि क्षेत्रहरुले ५० हजार जतिलाई समेत रोजगारी दिन नसक्नु दुखद भएकाले दैनिक हजारौं संख्यामा जनशक्तिहरु पलायन हुँदै गएको परिवेशलाई नेपाली काँग्रेसले जनताका मूल समस्यालाई बुझेर अगाडि बढ्न सकेमा नेपाली काँग्रेस जनताको पार्टि बन्नसक्ने जनाए । नेपाली काँग्रेस जिल्ला नेतृत्व र स्थानीय जनप्रतिनिधिका लागि आयोजित अभिमुखिकरण कार्यक्रम दाङको लमहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले, पार्टीमा शेरवहादुर देउवा पनि चाहिने र गगन थापा पनि चाहिने भएकाले पार्टीको सुढृढीकरणमा ध्यान दिन जोड दिए ।