दाङ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशका ३२९ पालिकामा काँग्रेसका जनप्रतिनिधिहरु छन् । तिनीहरुले जनताको सेवा र विकास निर्माणमा ध्यान दिएर आमजनताको प्रिय बन्ने गरी काम गरेमा आगामी २०८४ को निर्वाचनमा जीत सुनिश्चित हुने बताए ।
नेपाली काँग्रेस जिल्ला नेतृत्व र स्थानीय जनप्रतिनिधिका लागि आयोजित अभिमुखिकरण कार्यक्रम नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागले सोमवार दाङको लमहीमा आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् । उनले पाँच बर्षसम्मको लागि पालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई स्थानीय जनताका माग र आवश्यकताहरुलाई परिपूर्ति गर्न कटिबद्ध रुपमा लागेर मुल्यांकनको अंक बढाउन निर्देशन दिए ।
देशमा उद्योग, उत्पादन र रोजगार जस्ता कुरामा बजेट र समयसँगै योजना र प्रतिबद्धता छ कि छैन ? त्यो कुरामा ध्यान दिएर अगाडि बढेमा तल्तो तहदेखि विकासले गति लिएमा नेपाली काँग्रेस पार्टी जनतासँग प्रत्यक्ष जोडिने बताए । जनप्रतिनिधिको मूल उद्देश्य भनेको सेवा प्रवाह रहेको हो- त्यसमा ध्यान दिएर नागरिकका कामकाजलाई विशेष ध्यान दिएर काम गर्नुपर्ने बताए ।
महामन्त्री थापाले शिक्षा, रोजगारी र उद्यमलाई जोड दिनुपर्ने र देशको अर्थतन्त्रलाई बलियो र नागरिकलाई रोजगारीको व्यवस्था गरेर अगाडि बढेमा विकासले मूर्त रुपले लिने विश्वास व्यक्त गरे । स्थानीय पालिकाहरुले कानून बनाउने तर कार्यविधि बनाएर मात्रै काम गर्दै आएकाले सुशासन पालना नगेको जिकिर गरे ।