Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नागरिकता विधेयक प्रमाणीकरण पछि संविधान ट्रयाकमा आयो-प्रधानमन्त्री प्रचण्ड


२२, जेठ २०८०
  • 115
    SHARES
  • नागरिकता विधेयक प्रमाणीकरण पछि संविधान ट्रयाकमा आयो-प्रधानमन्त्री  प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधान ट्रयाकमा आएको दावी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले प्रक्रिया पूरा गरेपछि राष्ट्रपति समक्ष स्वीकृतिका लागि पुगेको बियेधक राष्ट्रपतिबाट प्रमाणीकरण भएका कारण संविधान ट्रयाकमा आएको दावी गरेका हुन् । 

    उनले जनताको हितलाई राखेर नै दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले अनुरोध गरेको जिकिर गरे । प्रधानमन्त्री प्रचण्डले दुवै सदनबाट विधेयक पारित गरेर पठाउँदा फेरि राष्ट्रपतिले दराजमा हाल्दिए लोकतन्त्रमाथि घात हुने खतरा समेत देखिएको जिकिर गरे । उनले  दुवै सदनले विधि सम्मत तरिकाले पठाएको विधेयक अर्को संसद्ले मान्दिन भन्न नमिल्ने तर्क समेत गरे । 

    त्यस्तै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा कैयौं विषयमा छलफल भएको र राष्ट्रिय हित  र स्वाधिनताको विषयमा सरकार चिन्तित रहेको दाबी गरे । उनले आफु धर्मनिरपेक्षतावादी भएको र जनताको धार्मिक आस्थालाई अपमान हुने काम गर्न हुँदैन भन्ने मान्यता रहेको प्रस्टीकरण दिए । 

    उनले नेपाल–भारत सीमा विवादका विषयमा दुवै पक्ष बसेर छलफल गर्नुपर्नेमा जोड दिए । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend