दाङ । सल्यानमा ६ बर्षिया बालिकालाई बलात्कार गरिएको छ ।
ती बालिकालाई एक १५ बर्षिय किशोरले चुइगम खान र मोबाइल चलाउन दिइ बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
पुष ७ गते बिहान करिब १० बजेतिर छोरी बलात्कृत भएको भन्दै बालिकाका अभिभावकले शनिवार उजुरी दिएको र आरोपी किशोरलाई शनिबार अपरान्ह उनकै घरबाट पक्राउ गरिएको जिप्रका सल्यानका प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए ।
उनलाई जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालत सल्यानबाट आज ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।