Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक उच्च नेतृत्व तरंगित


२५, वैशाख २०८०
  • 182
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक उच्च नेतृत्व तरंगित

    काठमाडौं । एक साताअघि पक्राउ पूर्जी जारी गरिएका नेकपा एमालेका सचिव एवं टोपबहादुर रायमाझीको फरार रहेका छन् । प्रहरीले गत बुधबार नै उनलाई पक्राउ गर्न खोजे पनि बुटवलबाटै उनी फरार भएका थिए । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक अर्ब बराबरको रकम ठगी गरेको प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पूर्जी जारी भएका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सांसद रायमाझीलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन् । 

    एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनलाई पक्राउ नगर्न आग्रह गरेको छिटपुट आशंका गरिएको भए पनि यसमा पुष्टि गर्न सक्ने आधार छैन । यद्यपि उनी राजनीतिक आडमा लुकेको भन्ने बारेमा कुनै शंका छैन् । केपी ओलीले रायमाझी आफैँ प्रहरीकोमा गएर अनुसन्धानलाई सहयोग गर्नुपर्ने धारणा राखिसकेका छन् । यद्यपि रायमाझीले किन प्रहरीलाई सहयोग गरेका छैनन् भन्ने बारेमा केही खुलेको छैन । 

    उनी काठमाडौंमा आइपुगेका छैनन्, जुन दिन उनी आउँछु भनेका थिए, त्यही दिनबाट उनी फरार भए । आज एक दिन अझै प्रहरीको टोली उतै छ, काठमाडौंको विमानस्थल र संभावित स्थानमा पनि प्रहरी तैनाथ छ, उहाँले सहयोग नगरी सुखै छैन’, काठमाडौं प्रहरी परिसर स्रोतले भन्यो । नेकपा एमालेको नेताहरुले पनि उनलाई बचाउने विषयमा कुनै पनि धारणा राखेका छैनन् । पार्टी अध्यक्ष ओलीले मात्रै पहिले आफूलाई सत्तामा सहयोग गरेका कारण बचाउन खोजेको हो कि भन्ने आशंका गरेका हुन् । 

    तर एमालेका नेताहरुले उनलाई बचाउने कुरामा कुनै धारणा नराखेको र प्रहरीलाई पक्राउ गर्न नेताहरु ग्रिन सिग्नल दिइसकेको स्रोतको दाबी छ । ‘हामीले उहाँलाई पक्राउ गर्नुहुन्न, भनेका छैनौँ, पक्राउ गरेर ल्याउ अनुसन्धान गर, त्यसमा नेकपा एमालेले सहयोग गर्छ, अपराधीलाई कारबाही गर्नुहुन्न, कोही पनि दोषी उम्किनु हुन्न भनेका छौँ’, एमालेका प्रमुख सचेतक पदम गिरीले भने ‘तर उनले एमालेका नेताहरुले लुकाएका छन् भन्ने जस्ता निराधार आरोप भने लगाउन्न पाइन्न, उहाँ यतिबेला हाम्रो सम्पर्कमा हुनुहुन्न ।’

    गत बुधबार अर्घाखाँचीको एक कार्यक्रममा विशेष अतिथि बनेर पुगेकाले पक्राउ पूर्जीबारे जानकारी पाएपछि कानुनलाई सहयोग गर्ने बताएका थिए । तर अहिलेसम्म प्रहरीको सम्पर्कमा आउनुको साटो उनी फरार भए पनि प्रहरीले उनलाई खोजी गर्न भारतीय प्रहरीसँग पनि समन्वय गरिरहेको छ । भैरहवाबाट उहाँ हराउनु भएको हो, उहाँको मोबाइल स्वीच अफ हुँदा अन्तिम लोकेशन भैरहवा थियो’, स्रोतले भन्यो । 

    अर्घाखाँचीको कार्यक्रम सकेर त्यसै दिन राति काठमाडौं आउने तयारीमा टिकट लिएका रायमाझी भैरहवाबाट फरार भएका थिए । उनले भैरहवाबाट काठमाडौं आउनका लागि प्लेनको टिकटसमेत काटेका भए पनि उनी एकाएक सम्पर्कविहीन भएका हुन् ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend