Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संसदमा भैँसी चढेर आएको भनेपछि......


२३, जेठ २०८०
  • 102
    SHARES
  • संसदमा भैँसी चढेर आएको भनेपछि......

    काठमाण्डौं । प्रतिनिधि सभा बैठकमा ‘प्रधानमन्त्री भारतबाट फर्किदा भैँसी चढेर आएको’ भन्ने कुराले प्रवेश पाएपछि बैठक केहीबेर अवरोध हुन पुगेको थियो ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण र नागरिकता प्रमाणिकरणको सम्बन्धमा आफ्नो मन्तव्य राखेसँगै सांसदहरुलाई प्रश्न सोध्न दिइएको थियो । सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री दाहाल भारत भ्रमणबाट भैँसी चढेर आएको भन्ने कुरा राखेका थिए ।
     
    उनले भनेका थिए, ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणको क्रममा हामी चाहन्थ्यौँ उहाँ प्लेन चढेर भर्खर उहाँले नै उद्घाटन गरेको पोखरा विमानस्थलमा झर्नुहुन्छ होला भनेर । दुर्भाग्यवश भैँसी चढेर आउनु परेका कुराहरु आए । लगत्तै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसदहरुले नियमापत्ति जनाउँदै उठेका थिए । सभामुखले प्रमुख सचेतक हितराज पाण्डेलाई आफ्नो कुरा राख्न समय दिएसँगै उनले संसदमा अमर्यादित शब्द प्रयोग भएको उल्लेख गर्दै सो शब्द संसदको रेकर्डबाट हटाउन माग गरे ।  उनले भने संसदमा मर्यादित शब्द प्रयोग हुनुपर्छ । भैँसी चढेर आएको भन्ने शब्द रेकर्डबाट मेटाइयोस् ।

    यता, हीतराज पाण्डे लगायतका माओवादी केन्द्रका सांसदहरु उठेसँगसँगै विपक्षी दल एमाले, रास्वपा लगायतका सांसदहरु पनि उठिसकेका थिए । उनीहरुको कुरा थियो सांसद खनाल बोल्दाबोल्दै सत्तारुढ दलका सांसदहरुले बोल्न नदिएर नियम मिचेको । सभामुखले एमाले सांसद सूर्यबहादुर थापालाई बोल्न समय दिनुभयो । थापाले सत्तारुढ दलका सांसदहरुले दादागिरी देखाएर प्रतिपक्षका सांसदलाई बोल्न नदिएको र प्रतिनिधि सभा नियमावलीको नियम मिचेको बताए । 

    उनले भने  ‘यहाँ माननीय सदस्यले बोलिरहेको बेला सत्ता पक्षका माननीय सदस्यहरुले दादागिरी देखाउन पाइँदैन । यो बोल्ने अधिकारमा कुण्ठित गर्न पाइदैनँ । यो नियमावलीको पालना गरियोस् । यसको निम्ति जोड गर्न चाहन्छु । यो दादागिरी स्वीकार्य हुन्न । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend