बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको ठिक अगाडि धम्बोजी खजुरा हाइवेको एक घरमा भारतीय तस्करले दिनदहाडै भारतीय केसर नामको चामल नेपाल भित्र्याउँदै आएको पाईएको छ ।
शनिवार मध्यान्हको १२ बजेर २५ मिनेट जाँदा ईरिक्सामा ल्याएर घरभित्र राख्दै गरेको तथ्य फेला परेपछि त्यसको फ्लोअप गर्दै जाँदा नेपाल भारत सीना नाका जमुनाहमा एकजना बालकको समेत प्रयोग गरी सोही बोराको चामल साइकलमा नेपाल ल्याउँदै गरेको र उक्त चामल बाँके जिप्रका अगाडिको घरमा ल्याएर गोदाम गर्ने गरेको पाईएको हो । जसको भिडियो सुरक्षित छ ।
तस्करले गोदामबाट नेपाली बोरामा राखेर बिक्रीवितरण गर्ने गरेको बताइएको छ । स्रोतका अनुसार भारतीय नागरिक बब्लु नामको तस्करले विगत २ बर्षयता चामलको अवैध कारोबार गर्दै आएको उल्लेख छ ।
हामीले तस्करी भएको हो वा होइन ? वास्तविक बुझ्न गोदाममा राख्दै गरेको चामलको बोरा र नाकाबाट नेपाल ल्याउँदै गरेको साइकलको बोरा मिल्न पुगेको तस्बिरमा देख्न सकिन्छ, स्रोत भन्छ खुसी काठ फर्निचर उद्योगको छेवै र ओम स्क्रप कवाड पसलको अगाडि रहेको घरमा गोदाम गरिएको स्रोतको दावी छ ।
घरायसी प्रयोजनका नाममा भारतीय बजारमा किनमेल गरेको मालसामान विना भन्सार नेपाल भित्र्याएर व्यापारिक कारोबार हुन थालेपछि राजस्व कम उढ्ने गरेकाले सरकारले गत बैशाख १३ गतेदेखि सबै सीमा नाकाहरुमा एकसय माथिको सामानको भन्सार अनिवार्य गर्नुपर्ने नियम लागू गरेपनि बाँकेमा भने जिल्ला प्रहरी कार्यालय अगाडि नै तस्करी भइरहँदा प्रहरी बेखवर जस्तै देखिएको छ ।
घरायसी प्रयोजनको नाममा पाइने भन्सार छुटको फाइदा उठाउँदै तस्करले खुल्ला सीमा नाका जमुनाहबाट खुलेआम तस्करी गर्दा समेत बाँके सुरक्षा निकाय मौन रहेको त्यहाँ स्थित सरोकारवाला बताउँछन् ।
उनीहरु भन्छन्, सोही बाटो भएर प्रहरी दिनमा कयौं पटक कार्यालय ओहोरदोहोर गर्छन्, आफ्नै वरिपरी ठ्रलो परिणाममा यसरी तस्करी हुनु प्रहरीसँग मिलेमतो नभइ सम्भव छैन् । जसले गर्दा स्थानीय व्यापारीहरु प्रत्यक्ष मारमा पर्दै आएका छन् । बजारमा चरम मन्दी छ, त्यसमा तस्करी भएको सामानले थप पीडित बनाएको छ ।