Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सरकार हडताल निषेधतर्फ उन्मुख बन्दै


२४, जेठ २०८०
  • 131
    SHARES
  • सरकार हडताल निषेधतर्फ उन्मुख बन्दै

    काठमाडौं । सरकारले आवश्यक सेवाको हडताल गर्न निषेध गरी आदेश जारी गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवाको हडताल गर्न निषेध गरी आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो । 

    बैठकले मन्त्रिपरिषद्को विधेयक समितिबाट पेस भएको विद्युतीय व्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्  । बैठकले काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गर्ने निर्णय गरेको छ भने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताए ।

    त्यस्तै माथिल्लो मैलङखोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर र राइट अफ वे को लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका रुखहरू हटाउन स्वीकृति दिने निर्णय पनि भएको उनले बताए । त्यस्तै बैठकले जेठ २९ देखि ३२ गतेसम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहको भ्रमण स्वीकृत गर्ने निर्णय पनि गरेको छ । 

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend